गृहमन्त्रीको राजीनामा माग्दै ‘निलो रिबन’ लगाएर संसद्‍मा रास्वपा (तस्बिरहरू) « Khabarhub

गृहमन्त्रीको राजीनामा माग्दै ‘निलो रिबन’ लगाएर संसद्‍मा रास्वपा (तस्बिरहरू)


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू एकनासको खादा (निलो रिबन) पहिरिएर संसद् भवन पुगेका छन् । 

संसद्मा वेल घेराउ गर्दै आएका उनीहरू मंगलबारको बैठकमा सहभागी हुन निलो रंगको खादा पहिरिएर नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका हुन् । संसद् भवनमा उनीहरूले सामूहिक तस्बिर पनि खिचेका छन् । 

ललितपुरबाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले उक्त तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेकी छन् । उनले तीन वटा बुँदाहरू उल्लेख गर्दै भनेकी छन्, ‘हाम्रो अभियान जारी छ ।’  

सांसद कार्कीले उल्लेख गरेका ती बुँदाहरू मानव बेचबिखन र मानव तस्करी विरुद्धको आवाज, पीडितप्रतिको ऐक्यबद्धता र सुरक्षित समाजको प्रतिबद्धता रहेका छन् ।

यस्तै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पनि तस्बिर एक्स (ट्विटर) मा राख्दै लेखेका छन्, ‘मानव तस्करीविरूद्धको अभियानलाई विश्वब्यापी रूपमा निलो रिबनको प्रतीकले जनाउँछ । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर मानव तस्करीको विरोध गरेका छन् ।’

तस्बिरहरू :

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : ३७ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।