उत्तर कोरिया पुगेका रुसी सुरक्षा परिषदका सचिव शोइगु र सर्वोच्च नेता किमबीच भेटवार्ता « Khabarhub

उत्तर कोरिया पुगेका रुसी सुरक्षा परिषदका सचिव शोइगु र सर्वोच्च नेता किमबीच भेटवार्ता


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी सुरक्षा परिषदका सचिव सर्गेइ शोइगु उत्तर कोरिया भ्रमणमा गएका छन् । उत्तर कोरिया भ्रमणका क्रममा उनले त्यहाँका सर्वोच्च नेता किम जोङ उनसँग पनि भेटवार्ता गरेका छन् ।

शोइगु र किमबीच कुन विषयमा छलफल भएको भन्नेबारे केही खुलाइएको छैन । शोइगु अघिल्लो वर्षसम्म रुसको रक्षामन्त्री थिए ।

रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार दुई सातामा शोइगुको यो दोस्रो उत्तर कोरिया भ्रमण हो । यसअघि गत मार्च २१ र जुन ४ मा पनि शोइगु उत्तर कोरिया पुगेका थिए ।

गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली सर्वोच्च नेता किमले आपसी रक्षा सन्धिसहित रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए ।

उत्तर कोरियाले युक्रेनमा जारी रुसी आक्रमणलाई सघाउन हजारौँ सैनिक परिचालन गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार कुस्र्क क्षेत्रमा भएको लडाईँका क्रममा उत्तर कोरियाका ६ हजारभन्दा धेरै सैनिक मारिएका छन् ।

रुस–युक्रेनमा युद्धमा आफ्ना सैनिकको हताहतीको सङ्ख्याबारे उत्तर कोरियाले केही खुलाएको छैन । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले रुसतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र, ट्याङ्क प्रतिरोधी रकेट र दशौँ लाख राउण्ड गोलीगठ्ठा पठाएको जनाएका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  २ : २८ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट