‘इरानले इजरायलको जासुसी निकायसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गर्‍यो’ « Khabarhub

‘इरानले इजरायलको जासुसी निकायसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गर्‍यो’


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानले इजरायलको जासुसी निकायसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । इरानको महर समाचार संस्थाले जनाएअनुसार इरानी आक्रमणबाट इजरायली जासुसी निकायआबद्ध क्षेत्रलाई लक्षित क्षेत्र क्षतिग्रस्त भएको जनाएको छ ।

‘इजरायली मिडियाले तत्कालै हटाएका तस्बिरमा (हमलाको) प्रभावक्षेत्र इजरायली सेनाको जासुसी निकायसँग आबद्ध रहेको देखिन्छ ।’ महरले लेखेको छ । ती तस्बिरले ‘जायोनी दुश्मन’ को एउटा संवेदनशील क्षेत्रमा प्रत्यक्ष निशाना बनाएको उल्लेख गरिएको छ ।

इजरायलको अस्तित्वलाई अस्वीकार गर्ने इरानले इजरायललाई ‘जायोनी सत्ता’ को संज्ञा दिने गरेको छ । यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा इजरायलको युनिट ८२०० भनिने गुप्तचर निकायको ठेगाना ध्वस्त भएको दाबी गरिएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ०४ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको