संसद् अवरोधबारे पाँच दलसँग छलफल गर्दै सभामुख | Khabarhub Khabarhub

संसद् अवरोधबारे पाँच दलसँग छलफल गर्दै सभामुख


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौथो ठूलो दल रास्वपाले संसद् अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले अहिले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन् । 

छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् ।

सभामुखले संसद्‌मा जारी अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग अलग अलग छलफल गरेका थिए।

यसैबीच विभिन्न दलका सांसदहरूले सदनमा रास्वपा सांसदहरू निलो स्कार्फमा संसद् प्रवेश गरेकोबारे सभामुखको ध्यानाकर्षण गराएका छन् । उनीहरूले संसद्‌मा क्रमशः अमर्यादित गतिविधि भएको भन्दै नियन्त्रणका लागि आग्रह गरे ।

सभामुखले यसबारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै संसदीय मर्यादाभित्र बस्नु स्वयं सांसद र राजनीतिक दलहरूको कर्तव्य रहेको बताउँदै आफू स्वनियमनको पक्षमा रहेको बताए।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : १९ बजे

टप एन्ड टी२० : नेपाल बङ्गलादेश ‘ए’सँग पनि पराजित

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा

धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’

धरान– पेडलर्स धरानको आयोजनामा यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न

‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी

बस्तीमा बाढी पस्दा १० घर डुबानमा

सिन्धुली– यहाँको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १०

आजका समाचार : रविलाई नख्खु कारागारमा स्थानान्तरण, कांग्रेसलाई महाधिवेशन चाँडै गर्न दबाब र पुटिन–ट्रम्प वार्ता उपलब्धिमूलक

समर्थकलाई छल्दै नख्खु पुर्‍याइयो रविलाईराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति