‘होस्टल–३’पछि बल्छीको फिल्म ‘गोबर गणेश’ गर्दै पदम, यी हुनेछन् कलाकार « Khabarhub

‘होस्टल–३’पछि बल्छीको फिल्म ‘गोबर गणेश’ गर्दै पदम, यी हुनेछन् कलाकार


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरिलबाट चर्चित बनेका मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले फिल्म निर्देशनमा हात हाल्ने भएका छन् । उनले आफ्नै लेखन र निर्देशनमा फिल्म ‘गोबर गणेश’ बनाउने भएका हुन् ।

केही समयपछि फिल्म निर्माणको औपचारिक घोषणा गरेर भदौ पहिलो साताबाट छायाङ्कनमा निस्कने तयारीमा उनी रहेका छन् ।

खबरहबसँग उनले भने, ‘नायिका चयनको काम बाँकी छ । सबै कलाकार फाइनल भएपछि पोस्टर निकालेर फिल्मबारे थप जानकारी दिनेछु ।’

फिल्म फागुन १ गते प्रदर्शनमा ल्याउने गरी छायाङ्कनमा निस्कन लागेको उनले बताए ।

यस फिल्ममा जोडिएका एक व्यक्तिअनुसार केही कलाकार भने फाइनल भइसकेका छन् ।

‘होस्टल ३’बाट फिल्ममा डेब्यू गरेका कलाकार पदम तामाङसँग बल्छीले सम्झौता गरिसेकेका छन् । ‘होस्टल ३’ प्रदर्शनमा आएपछि उनले साइन गरेको यो पहिलो फिल्म हो ।

त्यस्तै, केदार घिमिरे ‘माग्ने बूढा’की श्रीमती सीतादेवी तिमल्सिना यस फिल्ममा शीर्ष कलाकारका रुपमा अनुबन्ध भइसकेकी छन् ।

बल्छीको लेखन र निर्देशन रहेको सिरियल ‘हल्का रमाइलो’की शीर्ष कलाकार पुजन घिमिरे ‘पकु’ पनि यस फिल्ममा रहेनेछिन् ।

त्यस्तै, प्रकाश घिमिरे पनि फाइनल भइसकेका छन् । माओत्से गुरुङसँग कुरा सकारात्क रहे पनि सम्झौता भइनसेकेको बुझिएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : ०५ बजे

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,