वीरगञ्ज– सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व संकलन गरेको छ ।
।
कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको ११ महिनामा राजस्व संकलन उत्साहजनक रहेको जानकारी दिए ।
उनले साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो । मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा रु तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड, फागुनमा रु चार अर्ब ६८ करोड र चैतमा चार अर्ब ५० करोड राजस्व संकलन भएको बताए।
वैशाखमा भने चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार, जेठमा चार अर्ब ४३ करोड ५७ लाख ११ हजार राजस्व संकलन गरेको छ । उक्त कार्यालयको चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य छ ।













प्रतिक्रिया