इरानका खामेनेईलाई पनि सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिन्छौँ : इजरायली रक्षामन्त्री कट्ज « Khabarhub

इरानका खामेनेईलाई पनि सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिन्छौँ : इजरायली रक्षामन्त्री कट्ज


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल कट्जले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईलाई इराकका पूर्वशासक सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिने चेतावनी दिएका छन् । उनले आयातोल्लाह अली खामेनेईको अन्त्य पनि सद्दाम हुसैनकै जस्तो हुने दाबी गरेको इजरायलका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २००३ मा इराकमा अमेरिकाले आक्रमण गरेपछि पदच्युत गरिएका सद्दाम हुसैनलाई फासी दिइएको थियो । ‘म इरानी तानाशाहलाई युद्ध अपराध नगर्न र इजरायली नागरिकमाथि क्षेप्यास्त्र प्रहार नगर्न चेतावनी दिन चाहन्छु ।’ रक्षामन्त्री कट्जलाई उद्धृत गर्दै कतारी टेलिभिजन अल जजीराले जनाएको छ ।

शुक्रबार इजरायलले इरानमाथि गरेको हमलाका कारण सयौँ इरानी मारिएका छन् भने त्यसको प्रतिकारस्वरुप इरानले गरेको हमलामा पनि दर्जनौँ इरजरायली मारिएका छन् । दुई मुलुकबीच अझै पनि आक्रमण प्रत्याक्रमण जारी छ ।

‘उनलाई (खामेनेई) इरानको छिमेकी देशका तानाशाह उनीजस्तै इजरायली राज्यविरुद्ध जाँदा कुन अवस्थामा पुगे भन्ने राम्रोसँग सम्झना छ ।’ कट्जले भने, ‘हामी तेहरानको सत्ता र सैन्य निशानामा आज पनि हमला गर्छौँ ।’ उनले तेहरानका स्थानीय बासिन्दालाई तेहरान छाड्न पनि आह्वान गरे ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ४ : ४८ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु