बेलायती राजदूत रोब फेनद्वारा सिप मेलाको अवलोकन  « Khabarhub

बेलायती राजदूत रोब फेनद्वारा सिप मेलाको अवलोकन 


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि संयुक्त राज्य बेलायतका राजदूत रोब फेनले टुँडिखेलमा जारी सिप मेलाको अवलोकन गरेका छन् । सिप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झा र प्रमुखको सचिवालय सल्लाहकार सन्तोष गिरीले उनले प्रशिक्षणका क्षेत्र, पेशा, पाठ्यक्रम र अहिलेसम्म प्राप्त उपलब्धीबारे जानकारी गराएका छन् । 

मेला अवलोकनका क्रममा राजदूत फेनले प्रशिक्षणका लागि प्रशिक्षकको क्रियाकलाप, प्रशिक्षार्थीहरुको रुचि, प्रशिक्षणबाट उत्पादन भएका बस्तु तथा सामग्रीका बारेमा रुचिपूर्वक जानकारी लिएका थिए । 

अवलोकन पछि उनले भने, ‘उद्योग, उद्यम, रोजगारीका अवसरका लागि सिप मेला वृहत् अनुभूति भयो । यो ठूलो र महत्वपूर्ण काम हो । महानगरपालिकाको यो प्रयास सराहनीय छ ।’ 

उनले आगामी वर्षको मेलामा सहकार्य गर्न इच्छुक रहेको पनि बताए । ‘सिप मेलाले साझेदारीको सम्भावनालाई अझ व्यापक बनाएको छ,’ राजदूत फेनले भने, ‘हामी आगामी वर्षको मेलामा सहकार्य गर्न इच्छुक छौँ ।’

संयोजक झाले बहिरा अपाङ्गता भएका व्यक्ति, अटिजम, डाउन सिन्ड्रोम भएका बालबालिकाहरूका लागि सहजकर्ता तालिम मेलाको मुख्य विशेषता भएको बताए ।

 ‘मेला समावेशी र पहुँचयुक्त छ । यसबाट प्राप्त हुने नतिजाले दिगो विकासमा सघाउँछ,’ उनले भने । 

सचिवालय सल्लाहकार गिरीले मेला एकै ठाउँमा रैथाने र परम्परागत सिपदेखि अत्याधुनिक सिप विकास भइरहेको जानकारी दिए । सामान्य लेखपढ गर्नेदेखि औपचारिक योग्यता हासिल गरेका व्यक्तिहरूका लागि रुचिअनुसारका प्रशिक्षण चलाउनु मेलाको महत्वपूर्ण पक्ष भएको बताए ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : १४ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका