रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला « Khabarhub

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद् अवरोध गरेको आरोप लगाएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले निलो स्काफ लगाएर रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद् अवरोध गरेको आरोप लगाएका हुन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए पुन निलो स्काफ लगाएर विरोध गर्ने रास्वपाका सांसदहरुले अडान राखेपछि सहमति खोज्नका लागि बिहीबारसम्मका लागि स्थगित गरिएको उनले बताए । 

बर्तौलाले रास्वपाका सांसदहरूको विरोधको शैलीका कारण सांसदको लोगो लगाएर हिँड्दा अपमानित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा राखे ।

त्यस्तै बर्तौलाले संघीय निजामती सेवा विधेयकलाई सरकारले रोक्न खोजेको आरोपको खण्डन समेत गरे । उनले विधेयकमाथि छलफल गर्ने, संशोधन वा परिमार्जन गर्ने विषय संसद्को अधिकारको विषय भएको उल्लेख गरे ।

संघीय निजामती सेवा विधेयकलाई छिटो पारित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको उनले बताए ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ६ : ०२ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ