इजरायलले तेहरानमा व्यापक हमला गर्दैछ : रक्षामन्त्री कट्ज « Khabarhub

इजरायलले तेहरानमा व्यापक हमला गर्दैछ : रक्षामन्त्री कट्ज


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली रक्षामन्त्री इजरायल कट्जले इरानको राजधानी तेहरानमा व्यापक हमला गरिने घोषणा गरेका छन् । मध्य इजरायलमा पत्रकारहरुसँग कुराकानी गर्दै रक्षामन्त्री कट्जले आफ्नो वायुसेनाले तेहरानमा व्यापक हमला गर्ने जनाएका हुन् ।

उनले इजरायली वायुसेनाले ‘निकै महत्वपूर्ण निशाना, रणनीतिक निशाना, सत्ताको निशाना र पूर्वाधार’ मा आक्रमण गर्ने बताए । उनले आफ्नो सेनाले आक्रमणअघि नजिकैका मानिसहरुलाई भागेर जाने चेतावनी जारी गर्ने पनि उल्लेख गरे ।

उनले इरानको भूमिगत फोर्दो आणविक केन्द्रलाई पनि निशाना बनाउने विषयलाई ‘सम्बोधन गरिने’ बताए । उनले तेहरानमा ‘१० भन्दा धेरै निशाना’ रहेको र ती निशानालाई इजरायलले ध्वस्त पार्ने तयारीमा रहेको बताए ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ६ : ५१ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु