इरानी आक्रमणका कारण इजरायलको हैफा तेल प्रशोधन केन्द्र बन्द « Khabarhub

इरानी आक्रमणका कारण इजरायलको हैफा तेल प्रशोधन केन्द्र बन्द


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– इजरायलको हैफा तेल प्रशोधन केन्द्र बन्द गरिएको छ । इरानी क्षेप्यास्त्र हमलाका कारण क्षति पुगेपछि तेल प्रशोधन केन्द्र बन्द गरिएको हो ।

तेल अभिभ स्टक एक्सचेन्जका लागि जारी गरिएको विज्ञप्तिमा प्रशोधन केन्द्र सञ्चालन गर्ने बजन समूहले यस्तो जनाएको हो । टाइम्स अफ इजरायलका अनुसार हैफाको खाडीमा इरानी क्षेप्यास्त्रले हमला गर्दा तीन जनाको मृत्यु भएको छ ।

उक्त समूहले उक्त प्रशोधन केन्द्रमा विद्युत् सेवा सुचारु गर्न इजरायल विद्युत् कम्पनीसँग मिलेर काम गरिरहेको पनि जनाएको छ । उक्त क्षेत्रमा यसअघि पनि इरान र उसका सहयोगीले सो प्रशोधन केन्द्रमा आक्रमणको प्रयास गरेका थिए ।

यसअघि गत अक्टोबर महिनामा लेबनानको इरान समर्थित शिया लडाकु समूह हेज्बोल्लाहले उक्त प्रशोधन केन्द्रमाथि ड्रोन उडाएको भिडियो सार्वजनिक गरेको थियो ।

स्थानीयहरुले सघन बस्तीमा रहेको उक्त प्रशोधन केन्द्रमा व्यापक आक्रमण भए त्यसले ठूलो क्षति निम्त्याउने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । सन् २०२२ मा इजरायल सरकारले उक्त प्रशोधन केन्द्र सन् २०३० सम्म स्थानान्तरण गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : ०६ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु