भारतीय प्रधानमन्त्री मोदीले पाए साइप्रसको सर्वोच्च नागरिक सम्मान « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले पाए साइप्रसको सर्वोच्च नागरिक सम्मान


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साइप्रसमा सर्वोच्च नागरिक सम्मान प्रदान गरिएको छ । जी ७ सम्मेलनमा सहभागी हुन क्यानाडा जानुअघि साइप्रस भ्रमणमा रहेका प्रधानमन्त्री मोदीलाई त्यहाँको सर्वोच्च नागरिक सम्मान ग्राण्ड क्रस अफ दर अर्डर अफ माकारियोस तृतीय प्रदान गरिएको हो ।

सम्मान प्राप्त गरेपछि प्रधानमन्त्री मोदीले कृतज्ञता प्रकट गरेका छन् । उनले भनेका छन्, ‘साइप्रसको ग्राण्ड क्रस अफ दर अर्डर अफ माकारियोस तृतीय प्राप्त गरेकोमा कृतज्ञ छु । म यसलाई हाम्रा राष्ट्रबीच कायम मित्रताप्रति समर्पित गर्न चाहन्छु ।’

साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिडेसले प्रधानमन्त्री मोदीलाई यस सम्मान प्रदान गरेको भारतीय समाचास संस्था प्रेस ट्रष्ट अफ इण्डियाले उल्लेख गरेको छ । उनले दुई मुलुकबीचको सम्बन्धले थप उचाइ प्राप्त गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

साइप्रसका प्रथम राष्ट्रपति आर्चबिशप मकारियोस तृतीयका नाममा यस सम्मान प्रदान गरिन्छ । प्रधानमन्त्री मोदी साइप्रसको भ्रमण सकेर क्यानाडासँगै क्रोएशियाको पनि भ्रमणमा जाने कार्यक्रम छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : १४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर