पत्रकार पाठकलाई प्रहरीले भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू « Khabarhub

पत्रकार पाठकलाई प्रहरीले भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको छ । साइबर ब्यूरोले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पाठकलाई यथाशिघ्र उपस्थित हुन आग्रह गरेको हो । सार्वजनिक सूचनामा पाठकलाई साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न भनिएको छ ।

यसअघि पाठकविरुद्ध साइबर अपराध अभियोगमा पक्राउ पूर्जी जारी गरिएको थियो । तर पाटन उच्च अदालतले सोमबार उनलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

हिल्टन होटेलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका छोरा जयवीरको लगानी रहेको विषयमा युट्युबमा रिपोर्ट प्रशारण गरेपछि देउवा परिवारले पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ३८ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति