पत्रकार पाठकलाई प्रहरीले भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू « Khabarhub

पत्रकार पाठकलाई प्रहरीले भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको छ । साइबर ब्यूरोले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पाठकलाई यथाशिघ्र उपस्थित हुन आग्रह गरेको हो । सार्वजनिक सूचनामा पाठकलाई साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न भनिएको छ ।

यसअघि पाठकविरुद्ध साइबर अपराध अभियोगमा पक्राउ पूर्जी जारी गरिएको थियो । तर पाटन उच्च अदालतले सोमबार उनलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

हिल्टन होटेलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका छोरा जयवीरको लगानी रहेको विषयमा युट्युबमा रिपोर्ट प्रशारण गरेपछि देउवा परिवारले पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ३८ बजे

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक