सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट « Khabarhub

स्कटल्याण्ड त्रिकोणात्मक टी२० सिरिज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका बलर सन्दीप लामिछानेले एकै ओभरमा लगातार दुई विकेट लिएका छन्‌ ।

आफ्नो तेस्रो ओभरको बलिङमा लामिछानेले १२.२ र १२.३ ओभरमा स्कटल्याण्डको छैठौँ र सातौँ विकेट लिएका हुन्‌ । क्रमशः क्रिस्टोफर म्याकब्रिज शून्य र म्याथ्यू क्रसले १५ रनमा विकेट गुमाएका हुन्‌ ।

यो समाचार तयार पार्दासम्म १४ ओभरको खेलमा स्कटल्याण्डले सात विकेटको क्षतिमा ६८ रन जोडेको छ । लामिछानेले दुई, दीपेन्द्रसिंह ऐरीले एक, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका छन्‌ ।

ऐरीले ०.५ ओभरमा स्कटल्याण्डका ओपनर ब्याटर मार्क वाटको विकेट लिए । वाट एक रन जोडेर पेभेलियन फर्किए ।

१.३ ओभरमा स्कटल्याण्डका अर्का ओपनर जर्ज मुन्सी पनि आठ रन बनाएर आउट भए । करन केसीको बलमा मुन्सीलाई दीपेन्द्रसिंह ऐरीले क्याचआउट गराए ।

१.४ ओभरमा अर्का ब्याट्सम्यान लियाम नायलर पनि करनले लोकेश बमको थ्रोइङमा विकेटकिपर अनिल साहको हातबाट रनआउट गराए ।

३.४ ओभरमा करणले नै स्कटल्याण्डका अर्का ब्याट्सम्यान फिन्ले क्याक्कार्थलाई जम्मा दुई रनमा रुपेश सिंहको क्याचबाट आउट गराए ।

४.५ ओभरमा ललितले ब्राण्डन म्याकमुलनलाई रोहित पौडेलको हातबाट क्याचआउट गराए । म्याकमुलनले जम्मा १० रन जोडे ।

नेपालले घरेलु टोलीविरुद्ध टस जितेर पहिलो इनिङमा बलिङ गर्दैछ । सिरिजको तेस्रो खेलमा टस जितेर नेपालले स्कटल्याण्डविरुद्ध फिल्डिङ रोजेको हो ।

सोमबार नेदरल्याण्डस्‌विरुद्ध तेस्रो ओभरमा खेल गुमाएको नेपाल आज पहिलो जीत निकाल्ने प्रयासमा छ ।

पहिलो खेलमा नेदरल्याण्डस्‌लाई ३९ अङ्कले पराजित गर्दै दुई अङ्क जोडेको स्कटल्याण्ड पनि लगातार दोस्रो जीतको खोजीमा हुनेछ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ५३ बजे

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्