सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट « Khabarhub

स्कटल्याण्ड त्रिकोणात्मक टी२० सिरिज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका बलर सन्दीप लामिछानेले एकै ओभरमा लगातार दुई विकेट लिएका छन्‌ ।

आफ्नो तेस्रो ओभरको बलिङमा लामिछानेले १२.२ र १२.३ ओभरमा स्कटल्याण्डको छैठौँ र सातौँ विकेट लिएका हुन्‌ । क्रमशः क्रिस्टोफर म्याकब्रिज शून्य र म्याथ्यू क्रसले १५ रनमा विकेट गुमाएका हुन्‌ ।

यो समाचार तयार पार्दासम्म १४ ओभरको खेलमा स्कटल्याण्डले सात विकेटको क्षतिमा ६८ रन जोडेको छ । लामिछानेले दुई, दीपेन्द्रसिंह ऐरीले एक, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका छन्‌ ।

ऐरीले ०.५ ओभरमा स्कटल्याण्डका ओपनर ब्याटर मार्क वाटको विकेट लिए । वाट एक रन जोडेर पेभेलियन फर्किए ।

१.३ ओभरमा स्कटल्याण्डका अर्का ओपनर जर्ज मुन्सी पनि आठ रन बनाएर आउट भए । करन केसीको बलमा मुन्सीलाई दीपेन्द्रसिंह ऐरीले क्याचआउट गराए ।

१.४ ओभरमा अर्का ब्याट्सम्यान लियाम नायलर पनि करनले लोकेश बमको थ्रोइङमा विकेटकिपर अनिल साहको हातबाट रनआउट गराए ।

३.४ ओभरमा करणले नै स्कटल्याण्डका अर्का ब्याट्सम्यान फिन्ले क्याक्कार्थलाई जम्मा दुई रनमा रुपेश सिंहको क्याचबाट आउट गराए ।

४.५ ओभरमा ललितले ब्राण्डन म्याकमुलनलाई रोहित पौडेलको हातबाट क्याचआउट गराए । म्याकमुलनले जम्मा १० रन जोडे ।

नेपालले घरेलु टोलीविरुद्ध टस जितेर पहिलो इनिङमा बलिङ गर्दैछ । सिरिजको तेस्रो खेलमा टस जितेर नेपालले स्कटल्याण्डविरुद्ध फिल्डिङ रोजेको हो ।

सोमबार नेदरल्याण्डस्‌विरुद्ध तेस्रो ओभरमा खेल गुमाएको नेपाल आज पहिलो जीत निकाल्ने प्रयासमा छ ।

पहिलो खेलमा नेदरल्याण्डस्‌लाई ३९ अङ्कले पराजित गर्दै दुई अङ्क जोडेको स्कटल्याण्ड पनि लगातार दोस्रो जीतको खोजीमा हुनेछ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ५३ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा