न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति | Khabarhub Khabarhub

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

न्यायलाई विकृत पार्ने न्यायाधीशउपर कारवाही गर्न माग


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह

काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज इजलासका न्यायाशीधमाथि मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमले चासो देखाएको छ ।

पूर्वन्यायाधीश फोरम नेपालका अध्यक्ष एवं सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंहले मंगलबार एक विज्ञप्ति जारी गर्दै वीरगञ्ज इजलास सञ्चालनकै अवस्थामा केही व्यक्तिहरुद्वारा गरिएको दुव्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उच्च अदालत जनकपुर, बीरगंज इजलास संचालनकै अवस्थामा केही व्यक्तिहरुद्वारा गरिएको दुर्व्यवहारले न्यायाधीश पदको पदीय स्वतन्त्रता उपर आघात हुन गएकोतर्फ न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षताको संरक्षणनिम्ति निरन्तर समर्पित यस फोरमको गम्भीर ध्यानाकर्षण हुन गएको छ ।’

न्यायाधीशको व्यवसायिक स्वतन्त्रताको संरक्षण हुनुपर्ने भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कुनै पनि न्यायाधीशको पदीय स्वतन्त्रता, मर्यादा र सुरक्षाको प्रत्याभूति नै स्वतन्त्र र सक्षम न्यायपालिकाको आधार स्तम्भ हुने भएकोले सबै तहको न्यायाधीशहरुको व्यावसायिक स्वतन्त्रताको संरक्षण हुनु पर्दछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौं ।’

कुनै पनि राजनीतिक दल, नेता वा कोही कसैको निर्देशन वा नियन्त्रणमा न्यायालय चलेको छ भन्नेजस्ता सोच वा अफवाहले क्रमशः समाजमा स्थान पाउँदै गएको भन्दै विज्ञप्तिमा चिन्तासमेत व्यक्त गरिएको छ ।

वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुले कांग्रेस नेता अफताव आलमलाई ईंटाभट्टाको ज्यानसम्बन्धी मुद्दामा सफाइ दिने फैसला सुनाएपछि यो विषय विवादमा तानिएको छ । यही विषयलाई लिएर विप्लव माओवादीबाट फुटेको नेकपा बहुमतका कार्याकर्ताले न्यायाशीध थारुलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरेका थिए ।

यता न्यायाधीश थारुविरुद्ध न्यायपरिषदमा उजुरी परे पनि परिषदले कारवाहीमा चासो नदिएको चर्चा भइरहेका बेला पूर्वन्यायाधीश फोरमले यस घटनामा चासो देखाएको हो ।

न्यायाधीशहरुलाई गरिमा जोगाउन आग्रह

पूर्वन्यायाधीश फोरमले न्यायाधीशहरुलाई आफ्नो गरिमा जोगाउनसमेत भनेको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीशको समग्र आचरणको स्वच्छता, न्यायिक शुद्धता, सक्षमता र जनआस्था आर्जन गर्न सक्ने छविले मात्र न्यायालय र न्यायाधीशको गरिमा जोगाउन सक्दछ भन्ने कटु सत्यलाई हरेक तहका न्यायाधीशज्यूहरुले आत्मसात गर्नु पर्दछ भन्ने कुरामा हामी जोडदिन चाहन्छौं ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘न्यायालय स्वतन्त्र र सक्षम छ भन्ने देखिनका लागि न्यायाधीशहरुको कार्य सम्पादन प्रक्रिया, पद्दति, आचरणको स्वच्छता र न्यायलाई विकृत पार्ने न्यायाधीशउपर गरिने कडा कारवाहीमा पारदर्शिता हुनै पर्दछ भनी पूर्वन्यायाधीश फोरम, नेपाल पुनः स्मरण गराउन चाहन्छ ।’

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ९ : ०० बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज