सिरियाको रक्षा मन्त्रालयमा इजरायलको आक्रमणः युद्ध विरामको सुरुवात भएको अमेरिकी भनाइ « Khabarhub

सिरियाको रक्षा मन्त्रालयमा इजरायलको आक्रमणः युद्ध विरामको सुरुवात भएको अमेरिकी भनाइ


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

दमासकस – इजरायली सेनाले दमासकसस्थित सिरियाली रक्षा मन्त्रालयमा आक्रमण गरेको छ। सिरियाको ड्रुज प्रान्तमा लगातार चौथो दिन लडाइँ भएपछि इजरायलले आक्रमण गरेको हो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ड्रुजहरुको जीवन रक्षा गर्ने र सत्ताका ग्याङलाई त्यहाँबाट हटाउनका लागि आक्रमण गराएको बताएका छन्।

आइतबारदेखि ड्रुज र बेडुयनबीच भएको झडपमा तीन सय भन्दा बढीको ज्यान गएको छ। अमेरिकी विदेशीमन्त्री मार्क रुबियोले दक्षिणी क्षेत्रमा जारी हिंसाका कारण आफूलाई धेरै चिन्ता लागेको तथा यो केही घण्टाको बीचमा नै साम्य हुन सक्ने बताएका छन्।

बुधबार उनले सामाजिक सञ्जालमा लेख्दै अमेरिका र अरब पक्षले वर्तमान समस्या समाधान शान्तिपूर्ण रूपले गर्न लागेको पहलको प्रशंसा गरेका छन्।

युद्ध विरामको यो प्रस्तावमा इजरायलले कुनै प्रतिक्रिया जनाएको छैन। सिरियाको समाचार संस्थाका अनुसार सुयडाबाट त्यहाँको सेना हट्न थालेका छन्।

सिरियाली सरकार र सुयडाका धार्मिक नेताको बीचमा सहमति भएपछि त्यहाँ बाट सिरियाली सेना हटेको जनाइएको छ। गत डिसेम्बरमा सुन्नी समूहको नेतृत्वमा रहेको विद्रोहले आसाद सरकारलाई पदच्युत गरेपछि पहिलो पटक सिरियाली सरकारले सुयडामा आक्रमण गरेको हो। सोही आक्रमणपछि सिरियाले पनि सो आक्रमण गरेको हो।

राष्ट्रपतिले संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे पनि ड्रुज लगायत केही अल्पसङ्ख्यक सिया मुस्लिमहरू आफूहरू असुरक्षित महसुस गरी रहेका थिए। सुयडामा बारम्बार भएका झडप र आक्रमणका कारण उनीहरू असुरक्षित भएका हुन्।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ६ : ११ बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ