दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता « Khabarhub

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा चार विकेटको रोमाञ्चक जित हात पारेको छ। तीन खेलको शृङ्खलामा भारतलाई १-० को अग्रता दिलाउन दीप्ति शर्माको अर्धशतकीय पारीको महत्त्वपूर्ण भूमिका थियो।

२५९ रनको लक्ष्य पछ्याएको भारतले ६ विकेटको क्षतिमा १० बल बाँकी रहँदा २६२ रन जोडेको हो। दीप्ति ६४ बलमा ६२ रन जोड्दै अविजित भइन्। जेमिना रोड्रिगुयजले ५४ बलमा ३८ रन प्रहार गरिन्। अंकुत कौरले अविजित रहँदै १४ बलमा २० रनको योगदान गरिन्।

यसअघि साउथहप्टनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा २५८ रन जोडेको हो।

घरेलु टोलीका लागि सोफिया डंकलीले अविजित रहँदै ९२ बलमा ८३ रनको योगदान गरिन्। यसैगरी, एलाइस डेभिडसनले ५३ रनको योगदान गरिन्।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ७ : १३ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा