टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध « Khabarhub

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ । पालिकाले आज (साउन १ गते) देखि लागू हुनेगरी यो व्यवस्था गरेको हो ।

नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरे ।

नगरपालिकाको निर्णयविपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार जरिवाना हुने उनको भनाइ छ ।

त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलोपटक १०, दोस्रो पटक ५० र तेस्रो पटक एक सय रुपैयाँ जरिवाना लिइने छ ।

प्लाष्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक दुई हजार, दोस्रो पटक चार हजार र तेस्रो पटक ६ हजार रुपैयाँ जरिवाना हुनेछ ।

पालिकाले स्थानीय राजपत्रमा २०८० साल चैत २५ गते यससम्बन्धी सूचना प्रकाशन गरेर प्लाष्टिकको प्रयोग नगर्न अनुरोध गर्दै आएको छ । (रासस)

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १० : ४३ बजे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले