कर्णालीमा पर्यटकको आगमन बढ्यो « Khabarhub

कर्णालीमा पर्यटकको आगमन बढ्यो


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीमा पर्यटकको आगमन संख्यामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार कर्णालीमा पर्यटक आगमनमा वृद्धि भएको हो । 

आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्ममा पाँच लाख ७९ हजार नौ सय ४३ जना पर्यटकको आगमन भएको छ । कर्णाली प्रदेशस्थित नमूना छनौटमा परेका होटलहरूबाट प्राप्त तथ्याङ्कको आधारमा समग्र कर्णाली प्रदेशको होटल तथा पर्यटन व्यवसायको अवस्था विश्लेषण गरिएको हो । 

समीक्षा अवधिमा कर्णाली प्रदेशका होटलहरुको शय्या संख्यामा कुनै परिवर्तन भएको छैन । समीक्षा अवधिमा प्रदेशमा होटल व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा १०.३० प्रतिशतले वृद्धि भएको देखिन्छ । गत अवधिमा सो व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा ३.७७ प्रतिशतले वृद्धि भएको थियो । 

समीक्षा अवधिमा यस प्रदेशमा समग्रमा पर्यटन आगमन संख्या गत अवधिको तुलनामा ११.०९ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत अवधिमा ८.६४ प्रतिशतले वृद्धि भएको भारतीय पर्यटक आगमनको संख्यामा समीक्षा अवधिमा १२.८२ प्रतिशतले वृद्धि भएको छ । 

गत अवधिमा १४.४० प्रतिशतले वृद्धि भएको चिनियाँ पर्यटक आगमनको संख्यामा समीक्षा अवधिमा ३.६९ प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशमा समीक्षा अवधिमा तेस्रो मुलुकबाट आउने पर्यटकहरूको संख्या १३.३४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
 
गत अवधिमा भने २२.० प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १२ : ३७ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै