पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै « Khabarhub

पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । पछिल्लो समय खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेको हो । 

खोप नलगाएका पाडापाडी, बाच्छाबाच्छीमा लम्पीस्किनको सङ्क्रमण देखा परेकाले सङ्क्रमण फैलिने जोखिम बढेको नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्रावणकुमार चौधरीले बताए । उनका अनुसार सुनवल, बर्दघाट, सुस्ता, प्रतापपुर र रामग्राममा लम्पीस्किन फैलिएको हो ।

सङ्क्रमणग्रस्त क्षेत्रमा नियमित उपचार र निरीक्षण भइरहेको पशु सेवा विज्ञ केन्द्रका डा विभूति सिंह जानकारी दिए । यो रोगका कारण मर्ने पशुको सङ्ख्या कम भए पनि दूध उत्पादनमा घटेपछि किसान चिन्तित बनेका उनको भनाइ छ ।

लम्पीस्किनको सङ्क्रमण पछिल्लो समय मुलुकभर देखा परेको बताउँदै उनले नवलपरासीमा गत असारदेखि लम्पीस्किनको सङ्क्रमण देखा पर्न थालेको जानकारी दिए ।

उनका अनुसार पहिलो पटक बर्दघाटमा देखिएको लम्पीस्किनको सङ्क्रमण अहिले जिल्लाका पाँच वटै स्थानीय तहमा फैलिएको छ ।

‘लम्पीस्किन लागेका गाईभैँसीमा ज्वरो आउने र दानापानी कम खाने, दूध उत्पादन घट्ने, खुट्टा तथा जोर्नी सुनिने, नाक, मुख वरपर घाउ हुने, छालामा सानो गोलो गिर्खा देखिन सक्ने र गिर्खा फुटेर घाउ बनेमा औँसा पर्नसक्ने हुन्छ’, प्रमुख डा चौधरीले भने ।

विसं २०७७ असार १० गते मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईमा लम्पीस्किनको लक्षण देखा परेको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा ‘मलिकुलर’ विधिबाट परीक्षण गर्दा २०७७ साउन १२ गते लम्पीस्किन पुष्टि भएको हो ।

केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको तथ्याङक अनुसार ७६ जिल्लामा लम्पीस्किन फैलिएको छ भने यस रोगबाट पाँच लाख ५५ हजार पशु सङ्क्रमित भएका छन् तीमध्ये २१ हजार पशुको मृत्यु भएको छ । रासस

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : १३ बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश