अछाममा वडाध्यक्षले युवाहरूको समूह लगेर ठेकेदार कुटाएपछि… « Khabarhub

अछाममा वडाध्यक्षले युवाहरूको समूह लगेर ठेकेदार कुटाएपछि…


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

धनगढी- अछाममा एक जना ठेकेदारमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानका ३१ वर्षीय निर्माण व्यवसायी कर्णबहादुर बुढा एकना वडाध्यक्ष नेतृत्वको समूहबाट कुटिएका हुन् ।

मंगलसेन नगरपालिका–५ का वडाध्यक्ष झंकर भाटको नौ जनाको समूहले बुढामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि खुकुरी, फलामको रड, नक, मुक्का, लाता लगायतले कुटपिट भएको प्रहरीले बताएको छ ।

प्रहरीले वडाध्यक्ष झंकर भाट र मदन विष्टलाई पक्राउ गरेको छ। तर, उनीहरूले प्रयोग गरेका खुकुरी, नक, फलामको रड लगायतका हतियारहरू प्रहरीले बरामद गर्न सकेको छैन। घटनामा संलग्न अन्य सात जना पनि फरार रहेका छन् ।

वडाध्यक्ष भाटले लेनदेनको विवादका कारण नौ जनाको समूहमा आएर बुढामाथि कुटपिट गरेको प्रहरीले बताएको छ । बुढाका २ वटा दाँत भाँचिएका छन्। उनको चिउरो तथा अनुहारमा चोट लागेको छ । बुढाका शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।

अछामको सदरमुकाम मंगलसेनमा रहेको सनसाइन प्लाजा होटेलमा बुढामाथि भाटको समूहले कुटपिट गरेको हो । गत असार २२ गते दिउँसो बुढा कुटिएका हुन् । 

तर, असार ३० गते मात्र बुढाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । बुधबार मात्र वडाध्यक्षसहितका २ जना फक्राउ परेका छन् । अन्य फरार भएका छन् ।

जिल्ला अदालत, अछामले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ। घटनाको विषयमा अनुसन्धान जारी रहेको अछाम प्रहरीले बताएको छ । 

मंगलसेन नगरपालिका– ५ का वडाध्यक्ष झंकर भाट, ३५ वर्षीय बल भाट, २६ वर्षीय कमल भाट, ३२ वर्षीय मदन बिष्ट, वडा नम्बर ४ बस्ने २७ वर्षीय बिष्णे कठायत र अन्य चार जना गरेर नौ जनाको समूहले कर्णबहादुर बुढामाथि कुटपिट गरेको हो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : ४५ बजे

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा