उपचारको पर्खाईमा कुष्ठरोग लागेका धनवीर | Khabarhub Khabarhub

उपचारको पर्खाईमा कुष्ठरोग लागेका धनवीर


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सिमकोट – यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौँदेखि कुष्ठरोगबाट ग्रसित छन्। उपचारको सट्टा परिवारले छुट्टै राखेको उनी अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन्। तर हालसम्म उनको उपचार हुन सकेको छैन ।

कामीलाई कुष्ठरोग लागेको छ वर्ष भएको र अहिले अवस्था नाजुक भएको नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाका मन्त्री अर्जुन बोहराले बताए। कुष्ठ रोग लागेको सुरुका दुई वर्षसम्म हिँडडुल गर्न सक्ने हुँदा जिल्ला अस्पताल पुगेर आवश्यक उपचार गराएका थिए । 

चार वर्षयता भने उनको  उपचार हुन सकेको छैन । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार हुन नसकेको हो । कान कम सुन्ने उनी हिँडडुल गर्नै नसक्ने भएपछि शौच गर्न पनि घिस्रेर जाने गर्छन्। 

घरको छतमा सानो कोठा बनाएर राखिएको उनलाई झुत्रा कपडा ओढ्ने ओछ्याउने व्यवस्था गरिएको छ । उनका दुई भाइले एक एक महिनाको आलोपालोमा खानाको व्यवस्था गर्दै आएका छन् । 

कामीले आफूसँग इसारा गर्दै उपचारमा सहयोग गर्न आग्रह गरेको सोसाइटी हुम्ला शाखाका मन्त्री बोहराले बताए । आफैँ उपचार गर्न जाने अवस्था नभएका कामीलाई सहयोगी निकायको आवश्यकता छ । 

कामीलाई सिमकोट गाउँपालिकाले अपाङ्गता परिचयपत्र उपलब्ध गराएको छ । तर हालसम्म कतैबाट सहयोग प्राप्त भएको छैन । 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : ४३ बजे

विपद्को पूर्वतयारीमा ध्यान दिन सुझाव

काठमाडौं– सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका विपद् व्यवस्थापन विभागका

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल, आवतजावत गर्न सहज

सिमकोट– खार्पुनाथ गाउँपालिकामा रहेका नदीमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण

योगेश भन्छन्- मन्त्रीहरूले गल्ती गरेको भए जिम्मेवारी छाड्नु पर्छ, कसैले उन्मुक्ति पाउँदैनन्

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले वर्तमान सरकारमा रहेका

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा (माओवादी

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छ : गगन थापा

पाटन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका