काठमाडौं महानगरमा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थी छनोट | Khabarhub Khabarhub

काठमाडौं महानगरमा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थी छनोट


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षामा १६,१३७ जना विद्यार्थी छनोट भएका छन्। देशभरका ७७ जिल्लाबाट प्राप्त कुल १७,२२९ आवेदनमध्येबाट यी विद्यार्थीहरू छनोट भएका हुन् । 

पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको, अथवा काठमाडौँ महानगरपालिकामा स्थाई बसोबास भएको प्रमाण संलग्न नभएका १०९२ आवेदन  अस्वीकृत भएका हुन्।

शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११,५९०, व्यवस्थापन संकायका लागि ४,१६४, मानविकी संकायका लागि ३२, शिक्षा संकायका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश छन् । छनोट भएका विद्यार्थीहरूलाई इमेल र फोनमार्फत सूचना पठाइसकिएको छ। 

प्रवेश पत्र डाउनलोड प्रक्रिया
छनोट भएका विद्यार्थीहरूले साउन १० देखि काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट https://entrance.kathmandu.gov.np/ मा गएर ‘एडमिट कार्ड’ विकल्पमार्फत आवश्यक विवरण भरेर प्रवेश पत्र डाउनलोड गर्न सकिने छ। प्रवेश पत्रमा परीक्षा केन्द्र, मिति र समयसम्बन्धी जानकारी समावेश हुनेछ।

परीक्षा विवरण
छात्रवृत्ति प्रवेश परीक्षा साउन ३ गते बिहान ८:०० देखि १०:०० बजेसम्म आयोजना हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०-३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिने छन्। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्नेछ, र गलत उत्तरका लागि कुनै नकारात्मक अंकन गरिने छैन। 

परीक्षाको नतिजापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : ४९ बजे

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल, आवतजावत गर्न सहज

सिमकोट– खार्पुनाथ गाउँपालिकामा रहेका नदीमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण

योगेश भन्छन्- मन्त्रीहरूले गल्ती गरेको भए जिम्मेवारी छाड्नु पर्छ, कसैले उन्मुक्ति पाउँदैनन्

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले वर्तमान सरकारमा रहेका

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा (माओवादी

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छ : गगन थापा

पाटन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका

महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौं– दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल