भारतसँग व्यापार सम्झौताको अत्यन्तै नजिक छौँ : डोनाल्ड ट्रम्प  « Khabarhub

भारतसँग व्यापार सम्झौताको अत्यन्तै नजिक छौँ : डोनाल्ड ट्रम्प 


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र भारतबीच व्यापार सम्झौता हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता ‘अत्यन्तै नजिक’ रहेको बताएका छन् । 

‘हामी भारतसँगको सम्झौताका लागि अत्यन्तै नजिक छौँ,’ ह्वाइटहाउसमा पत्रकारहरू सँगको कुराकानीमा उनले भने, ‘अमेरिकाका लागि भारतीय बजारहरू अझै खुल्छन् ।’ 

बीबीसीका अनुसार भारत र अमेरिकाबीच पछिल्लो केही सातादेखि व्यापार सम्झौताका लागि छलफल चल्दै आएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले गत अप्रिल २ मा भारतमाथि २७ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । 

तर, पछि यसको समयावधि ९ जुलाईसम्म बढाइएको थियो । उक्त म्याद अगस्ट १ सम्मका लागि थप गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  २ : ३२ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित