मन्त्री अधिकारीको दाबी- मालपोत अधिकृत सरूवा नगर्दा घुसको अडियोमा जोडियो « Khabarhub

मन्त्री अधिकारीको दाबी- मालपोत अधिकृत सरूवा नगर्दा घुसको अडियोमा जोडियो


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत अधिकृतको सरुवा गर्न नमान्दा ३२ लाख घुस लिएको भनेर अडियोमार्फत् आफ्नो बदनाम गर्न खोजिएको बताएका छन् ।

उनले आफूलाई जोडेर बाहिर ल्याइएको ११ मिनेट ४६ सेकेन्डको उक्त अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गरेका छन्। मन्त्रालयमा बिहीबार एक वर्षका उपलब्धि सुनाउन आयोजि पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले यो दाबी गरेका हुन् ।

अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफूसँग सम्बन्धित नभएको पनि जिकिर गरेका छन् । ‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन्’, उनले भने, ‘मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडियोबाट स्पष्ट हुनुहुन्छ ।’

उनले अडियोमार्फत् चरित्रहत्या गर्ने प्रयास भएको पनि बताए ।  ‘यो विशुद्ध चरित्र हत्या गर्ने प्रयास हो,’ मन्त्री अधिकारीले भने, ‘आफ्नो अभिष्ट पूरा गर्न खोजेका व्यक्तिहरू कास्कीका मालपोत अधिकृतलाई सरुवा गराउन मन्त्रालय आएका थिए। मैले हुन्न भनेपछि यी कुरा आए।’

३२ लाख घुस रकम लिएको दाबीसहित बुधबार अडिओ क्लिप बाहिरिएपछि बिहीबार मुख खोलेका उनले कास्कीको मालपोत अधिकृतको सरुवाका लागि केही व्यक्ति मन्त्रालयमा आएको स्वीकारे । आफूले उक्त सरूवाको कुरा नमान्दा अडिओ सार्वजनिक गरेर चरित्र हत्या गरिएको दाबी पनि गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ४ : ३६ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित