बीपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने छ : मुख्यमन्त्री कार्की « Khabarhub

बीपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने छ : मुख्यमन्त्री कार्की


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धरान– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी स्वास्थ्य बिमा सेवाले निरन्तरता पाउने बताएका छन् ।

आज धरान उपमहानगरपालिका–१९ स्थित हरियाली पार्कमा स्वर्गीय नगर प्रमुख तारा सुब्बाको ७औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले १९ नं वडा कमिटीले आयोजना गरेको स्मृतिसभा कार्यक्रममा उनले यो सेवा तीन महिनाका लागि सुरु गरिएको भए पनि अब बन्द नहुने बताए ।

‘बिमा सेवाले जनताको अधिकारका रूपमा स्थायित्व पाउनेछ,’ उनले भने।
 
बीपी प्रतिष्ठानलाई जनताको पहिलो स्वास्थ्य सहाराको रूपमा उभ्याउन कोशी प्रदेश सरकार सफल भएको उनले उल्लेख गरे । जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको र स्वास्थ्य सेवा अस्थायी हुने कुरा कहिल्यै स्वीकार्य नहुने उनको भनाइ छ । 

धरानको दीर्घकालीन खानेपानी समस्याका सम्बन्धमा उनले सङ्घीय सरकारसँग सहकार्य गरी ‘लेउती सुरुङ मार्ग’ निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउने बताए। धरानलाई स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारीको केन्द्रका रूपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बसाइँसराइ रोक्न त्यसअनुसार संरचना निर्माणको खाँचो औँल्याए।

मुख्यमन्त्री कार्कीले दिवङ्गत तारा सुब्बाको सम्झनामा धरानको समग्र विकासका लागि संकल्पसहितको सहकार्य आवश्यक रहेको बताउँदै भने, ‘धरान बनाउने अभियान अब टुङ्गोमा पुर्‍याउने समय आएको छ । संकल्प, योजना र कार्यान्वयन सँगसँगै जानुपर्ने आजको आवश्यकता हो ।’

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ४ : ४९ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा