राजनीतिमा फर्किने विद्याको प्रयासबारे के भन्छन् केपी ओली ? | Khabarhub Khabarhub

दिशानिर्देशमा प्रधानमन्त्रीको अन्तर्वार्ता

राजनीतिमा फर्किने विद्याको प्रयासबारे के भन्छन् केपी ओली ?

विद्या भण्डारीले मसँग सरसल्लाह गर्नुभएन : ओली


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा फर्किने कुरा अनुचित भएको संकेत गरेका छन् ।

ओलीले अहिलेसम्म पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले एमालेमा फर्किनेबारे आफूलाई केही पनि नबताएको उल्लेख गरेका छन् ।

पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्ताका क्रममा ओलीले भण्डारीको एमालेमा पुनरागमन प्रयासबारे असन्तोष व्यक्त गरेका हुन् । गत असार १४ गते ओली नै उपस्थित मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपतिले एमालेको सदस्यता नवीकरण गरिसकेको बताउँदै राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

तर ‌ओलीले भण्डारीका पछिल्ला गतिविधिमा असन्तुष्टि जनाउँदै उनले राजनीतिमा फर्किनेबारे आफूसँग कुनै सल्लाह नगरेको जिकिर गरेका हुन् ।

यो पनि-

‘उहाँले न त मलाई सोध्नु भयो न सल्लाह नै गर्नुभयो । उहाँले राजनीतिमा फर्किनेबारे न त पार्टीसँग आधिकारिक रूपमा भनेको जानकारी छ,’ ओलीले भने, ‘एमालेमा फर्किनका लागि उहाँले कुनै माध्यमबाट खबर गरेको थाहा छैन । मौखिक वा लिखित रूपमा पनि उहाँले पार्टीसँग सम्पर्क गर्नुभएको मेरो जानकारीमा छैन।’

के भने ओलीले ?

यो गम्भीर प्रश्न हो । यो सामाजिक सु–प्रबन्धसँग र राजनीतिक प्रणालीको मर्मसँग । र यो गणतन्त्रसँग, हामीले नयाँ स्थापित गरेको व्यवस्था हो । यो कुरासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । त्यसकारण यो गम्भीर विषय हो ।

राष्ट्रपति भनेको सिंगै देशको, राज्यका सबै अंगहरूको प्रमुख हो । हुन त अदालतले पनि त्यसरी ट्रिट गरेको छैन राष्ट्रपतिलाई । अदालत पनि कहिले–कहिले दम्भ देखाउन खोज्छ आफ्नो ।

राष्ट्रपति देश, जनता र संविधानप्रति उत्तरदायी हुन्छ । उसको खास उत्तरदायित्व अरुपट्टि हुँदैन । त्यस अन्तर्गत साझा त्यक्तित्वको रुपमा मर्यादित हुनुपर्ने भएको हुनाले कुनै पार्टीको सदस्य राष्ट्रपति हुन सक्दैन । राष्ट्रपति हुनुभन्दा अगाडि उसले पार्टी परित्याग गरेको हुनुपर्छ ।

पार्टी छोडेर म निष्पक्ष हुन्छु, राष्ट्र प्रमुखको भूमिकामा मैले अभिभाकत्व दिन्छु भन्ने भावका साथ जान्छ र त्यहाँ बसेर त्यही काम गर्छ । राष्ट्रपतिजीहरूले अहिलेसम्म यो अलिकति नयाँ अभ्यास हो । अहिलेसम्म पनि मैले त्यसै अनुसार काम गरेको देखेको छु ।

विद्याजीले राष्ट्रपति छँदासम्म त्यस कुरालाई मेन्टेन गर्नुभएको थियो । निष्पक्ष भूमिका र राष्ट्र प्रमुखको हैसियतले संविधानसम्मत् ढंगले चल्नुपर्ने र संविधानको रक्षक र पालकको हिसाबमा काम गर्ने भूमिकामा उहाँले राम्रै काम गर्नुभएको थियो ।

राष्ट्रपति भनेको सेनाको परमाधीपति पनि हो । र देशकै एउटा संरक्षकीय भूमिकामा हुन्छ राष्ट्रपति । सकैको साझा । तयसकारण कहिले कहिले राष्ट्रपतिले पोलिटिकल एक्टिभिटी गरेको जस्तो देखिन्छ ।

दलहरूलाई बोलाएर कहिले कहिले परामर्श गर्ने गर्छ राष्ट्रपतिले । यद्यपि, त्यो राष्ट्रपतिको जरुरीको काम होइन । तर पनि त्यो अभिभावकीय भूमिका अन्तर्गत हामीले ठीकै ठानेका छौँ । यो सबैभन्दा बढी रामवरणजीको समयमा बढ्तै गर्नुहुन्थ्यो । पोलिटिकल पार्टीले त्यो मानेकै पनि थिए ।

यो पनि-

राजा हटाएर हामीले राष्ट्रपतिको व्यवस्था गरेका हौँ राजाको स्थानमा । प्रधानमन्त्री त पहिला पनि हुन्थ्यो । अरु सबै कुरा त हुन्थ्यो । राष्ट्रपति हुँदैन्थ्यो । हामीले भनेको फेरि राष्ट्रपति र उपराष्ट्रपति उस्तै उस्तै होइन । यो उस्तै उस्तै होला कि भनेर मान्छेहरूले कहिले कहिले बुझ्छन्, त्यस्तो होइन ।

जगेडा एउटा राखेकोमात्रै हो उपराष्ट्रपति भनेको । राष्ट्रपति भनेको बेग्लै चिज हो त्यो । भारतमा पनि त उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाइएको छ । उसको भूमिकामाथि टीका–टिप्पणी भाइराख्छ । तर, राष्ट्रपति माथि त्यस्तो हुँदैन । त्यसकारण त्यो टीका–टिप्पणीबाट माथि रहेको मान्छे फेरि आर्लिनु वाञ्छनीय हुन्न भन्ने कुरा यसै देखिन्छ ।

यो संवैधनिक प्रश्न होइन । यो कानुनी प्रश्न होइन । यो नैतिकताको प्रश्न हो र यो नैतकि मूल्यमा आधारित भएर बसाउनुपर्ने थीति हो । अघिल्लो राष्ट्रपति रामवरण यादवले यो थीति बसाएको देखिन्छ । नैतिक मूल्यमा आधारित भएर थीति बसाउन खोजेको देखिन्छ ।

अब विद्याजीको हकमा उहाँले कहाँ कहाँ परामर्श गर्नुभयो, कतै त गर्नुभयो होला । तर, मसँग परामर्श भएन । परामर्श नभइकन पार्टीको अध्यक्ष म छु, मैले अध्यक्षता गरिराखेको छु । पार्टी छँदै छ । पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन ।

म राजनीतिमा फर्किएर आउँछु, कसरी काम गरुँ ? मलाई सक्रिय राजनीतिमा आउन मन छ । आउन मिल्छ, मिल्दैन ? आउँ, नआउँ ? देशलाई फाइदा हुन्छ कि हुँदैन ? संवैधानिक प्रक्रिया कस्तो हुन्छ ? अथवा प्रणालिगत हिसाबले के हुन्छ ?

त्यो राष्ट्रपति पदको गरिमाको हिसाबले फेरि राष्ट्रपतिबाट फर्किएर सक्रिय राजनीतिमा आउँदा सिंगै देशको सर्वमान्य नेताबाट एउटा दल विशेषको कार्यकर्ता हुन आउँदा कस्तो हुन्छ ?

यी कुनै पनि विषयमा विचार विमर्श, अतर्राष्ट्रिय प्रयाक्टिस कस्तो अवस्थाको राष्ट्रपतिको के छ ? ती कुराहरू, यसमा विचार विमर्श गरौँ भनेर । अब कतिपय देशहरूमा के छ भने राष्ट्रपति प्रधानमन्त्रीमा आउँछ, प्रधानमन्त्रीमा पावर केन्द्रित गर्छ, फेरि राष्ट्रपतिमा केन्द्रित गर्छ । यस्तो पनि देखिएको छ ।

कतिपय देशका अनुभवहरू आफ्नो खालका होलान् । त, त्यहाँ राजतन्त्रसँग कुनै साइनो, सम्बन्ध केही मानिदैँ मानिदैँन, राजतन्त्र हुन्छ भन्ने उनीहरूले अरु देशको कुरा सुन्दा हो, कुनै ताजा स्मरणमा छैन । ती देशहरूमा राजतन्त्र । सय वर्ष बितिसक्यो । सय वर्ष अगाडिदेखि राजतन्त्र नभएका देशहरूमा त्यसको झल्को पनि मान्छेहरूमा आउँदैन ।

तर, यहाँ त हामीले राजतन्त्र भर्खरै फालेका छौँ । राजतन्त्र पक्षधरहरू उफ्रिराखेका छन् । राजतन्त्र फर्काउनुपर्छ, हामी फर्काउँछौँ भनेर । ज्योतिषीहरू पनि १६ गते असार भित्रमा नल्याए मेरो ज्योतिष विद्या डढाएर फ्याकिदिन्छु भन्ने । म देशै छोडेर हिँड्छु भन्ने सम्मका बाजी राखेर हिँड्छन् ।

यो खालको परिवेशमा । अरुसँग थाहा छैन, उहाँले मसँग सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढंगले सरसल्लाह गर्नुभएन । पार्टीमा कुनै मौखि, लिखित केही गर्नुभएन । पार्टीमा आउने सम्बन्धमा पार्टी निर्णय गर्नुपर्दछ । उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन । हामीले पठाएको हो ।

राष्ट्रपतिमा उहाँ हाम्रो क्यान्डिडेड हो । राष्ट्रपति भइसकेपछि वा राष्ट्रपति क्यान्डिडेड हुने भन्ने तय भइसकेपछि पार्टी छोड्नुभयो । पार्टी छोडेर नै जानुपर्छ । पार्टी छोड्नभन्दा अगाडि त हाम्रो उपाध्यक्ष नै हो ।

उहाँ फर्किने–नफर्किने विषयमा निर्णय त गर्नैपर्छ । उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनेपछि उहाँले आउन हुन्छ, हुँदैन ? मोरल्ली हुन्छ, हुँदैन ? गणतन्त्रमा के असर पर्छ ? समाजमा के असर पर्छ ? पोलिटिक्समा के असर पर्छ ? व्यवस्थामा के असर पर्छ ? उहाँकै जीवनमा के असर पर्छ ? यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गरिनुपर्ने निर्णय पार्टी गर्न त गर्छ नै ।

उहाँले यो विषयमा आफैँ विचार गर्नुपर्ने जस्तो लाग्छ । खै के बोलिराख्नुभएको छ ? उहाँले सार्वजनिक ढंगले बाहिर बोलेका कुरा हामीले पनि जानकारी पाइराखेका छौँ । आउँछु भनेका कुराहरू, ती के हुन् उहाँसँग हामीले सोध्नुपर्छ । यसबारे हामी धेरै ढिलो त गर्दैनौँ ।

अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । कनि भने एक त उहाँ पोलिटिक्समा आउन हुन्छ भनेर पार्टीले त्यो ठानेको, मानेको अवस्था नै छैन, एउटा । दोस्रो, उहाँ त पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानुभएको छ । पहिले पनि उहाँले लिडरसिपमा बसेर काम गरेको, त्यस्तो संगठनात्मक अनुभव होइन ।

(राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किनेबारे पत्रकार विजयकुमारले अन्तर्वार्ताका क्रममा राखेको प्रश्नको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफको सम्पादित अंश)

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ६ : ०९ बजे

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य