वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो | Khabarhub Khabarhub

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्जस्थित वीरगञ्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय वृद्धि गरेका छन् । 

वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१-८२ भरिमा दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेमा सो अवधिमा भने लक्ष्यको ८० दशमलव ३५ प्रतिशत अर्थात रु एक खर्ब ७५ अर्ब ९३ करोड राजस्व संकलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आव २०८०-८१ को तुलनामा आव २०८१-८२ मा कार्यालयले  करिब साढे १८ अर्ब राजस्व संकलन वृद्धि भएको जानकारी दिए ।

 ‘कार्यालयले गत आर्थिक वर्षमा राजस्व सङ्कलनमा भने उल्लेखनीय मात्रामा वृद्धि भएको छ,’ उनले भने ,’यहाँको राजस्व संकलनको मुख्य हिस्सा भने पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात नै हो ।’

वीरगञ्ज भन्सार कार्यालयले आव २०८०-८१ मा भने दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो । सो अवधिमा कार्यालयले लक्ष्यको ६४ दशमलव एक प्रतिशत अर्थात् रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रकम मात्रै राजस्व संकलन गरेको थियो । 

वीरगञ्जकै अर्को सुख्खाबन्दरगाह भन्सार कार्यालयले पनि गत आर्थिक वर्षभरिमा ४९ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

भन्सार विभागले सुख्खाबन्दरगाह भन्सार कार्यालयलाई आव २०८०र८१ मा ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रुपैयाँ रकम राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर, कार्यालयले सो अवधिमा भने वार्षिक लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड एक लाख ९० हजार रुपैयाँ रकम राजस्व संकलन गरेको थियो

प्रमुख भन्सार प्रशासक लामिछानेले वीरगञ्जका दुवै भन्सार कार्यालयले गत आव भरिमा समग्रमा दुई खर्ब २५ अर्ब ९५ करोड राजस्व संकलन गरेको जानकारी दिए ।

 ‘मुलुकभरिमा कुल भन्सार राजस्व चार खर्ब ८४ अर्ब संकलन भएको छ । जसमध्ये यहाँका दुई भन्सार कार्यालयको समष्टिगत हिस्सा भने ४६ प्रतिशत रहेको छ ।’ उनले भने ‘दुवै भन्सार कार्यालयले समग्रमा अघिल्लो आवको तुलनामा गत आवमा मात्रै १४ प्रतिशत राजस्व संकलनमा वृद्धि भएको छ ।’ 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा अर्थतन्त्रमा केही सहजता हुुँदा राजस्व संकलनमा वृद्धि भएको बताए ।

‘अर्थतन्त्रमा केही सुधारका संकेत देखापरेकाले पनि राजस्व संकलनमा केही सुधार देखिएको छ,’ उनले भने ,’नेपालको अर्थतन्त्र आयातमुखी भएकाले पनि युवा वर्ग विदेशतर्फ पलायन हुँदा खपतमा समस्या पनि यथावत् नै छ ।’

वरिष्ठ उपाध्यक्ष राजपालले नेपाल र भारतबीच १७ सय किलोमिटर खुला सीमानाका भएकाले पनि अनौपचारिक ढङ्गले आयात हुँदा पनि लक्ष्य भेट्टाउन कठिन भएको बताए।

‘हाम्रोमा राजस्वमा लक्ष्य वास्तविकभन्दा पनि धेरै ठूलो राख्ने गरिन्छ । जसले गर्दा पनि सहजै लक्ष्य भेट्टाउन मुस्किल पर्ने गर्छ,’ उनले भने ,’राज्यले लगानीमैत्री वातावरण गरेर मुलुकको अर्थतन्त्र सुधार गर्नेतर्फ ध्यान दिन जरुरी भइसकेको छ ।’

वरिष्ठ उपाध्यक्ष राजपालले विगतको तुलनामा चालु आर्थिक वर्षमा आयात र निर्यात दुवैमा वृद्धि भएकाले पनि मुलुकको शिथिल भएको अर्थतन्त्रलाई चलायमान गराउनेतर्फ सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ६ : ०६ बजे

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब