‘ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार’ « Khabarhub

‘ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार’


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका लागि साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार गरिएको जानकारी दिएका छन् । 

बिहीबार सिंहदरबारमा आफ्नो कार्यकाल एक वर्षमा गरेको कामको विवरण सार्वजनिक गर्दै मन्त्री खड्काले ऊर्जा विकास मार्गचित्र अनुसार सन् २०३५ सम्मको २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन लक्ष्य पुरा गर्नका लागि साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार गरिएको जानकारी दिएका हुन् । 

वर्तमान सरकारको एक वर्षको अवधिमा ४०९ मेगावाट जलविद्युत आयोजना तथा २५ मेगावाटको सौर्य आयोजना गरी कुल ४३४ मेगावाट क्षमता बराबरको ग्रिडमा आबद्ध भएको उनले बताए ।

मन्त्री खड्काले एक वर्षको अवधिमा विद्युत् विकास विभागबाट १ हजार ९५ मेगावाट क्षमता बराबरका ८० जलविद्युत आयोजनाहरू र १ हजार १ सय ९९ मेगावाट क्षमता बराबरका ६७ सौर्य आयोजनाहरूको सर्वेक्षण अनुमति जारी गरिएको जानकारी दिए  । 

वर्तमान सरकारको कार्यकालमा ३ सय सर्किट किलोमिटर प्रसारण लाइन तथा ७ सय एमभीए क्षमताका सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्री खड्काको भनाइ छ ।

आर्थिक वर्ष २०८१/८२ मा करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरिएको र करिब १६ दशमलव ९ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरिएको मन्त्रालयले जनाएको छ । 

एक वर्षको अवधिमा १७ हजार ३०८ हेक्टर जमिनमा सिंचाइ पूर्वाधार विकास भएको र हाल सम्म १५ लाख ८६ हजार ३४० हेक्टर जमिनमा सिंचाइ पूर्वाधार विकास भएको मन्त्री खड्काले बताए । 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ६ : ३३ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा