विकास बोर्डको आग्रह : ‘पशुपति प्रसाद २’भन्दा बढी व्यापार गर्नेले निवेदन दिनू « Khabarhub

विकास बोर्डको आग्रह : ‘पशुपति प्रसाद २’भन्दा बढी व्यापार गर्नेले निवेदन दिनू


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डले बितेका २५ वर्षमा प्रदर्शनमा आएर ग्रस कलेक्सन ७ करोड ३२ लाख २० हजार कटाउने फिल्मलाई निवेदन दिन भनेको छ।

बोर्डले शुक्रबार एक सूचना जारी गरी १५ दिनभित्र ग्रस कलेक्सन प्रमाण पुग्ने कागजातसहित निवेदन दिन आग्रह गरेको हो । सूचना अनुसार वि.सं. २०७५ असार गतेदेखि ०८२ जेठ मसान्तासम्म प्रदर्शन आएको फिल्महरुलाई निवेदन दिन सक्नेछन् ।

बोर्डले गत असार १६ गते आफ्नो २५ औं वार्षिक उत्सवमा विगत २५ वर्षमा प्रदर्शनमा आएको सबैभन्दा बढी व्यापार गर्ने २५ फिल्मलाई सम्मान गरेको थियो । उक्त फिल्महरूमा सबैभन्दा कम ‘पशुपति प्रसाद २ : भष्मे डन’ले ७ करोड ३२ लाख २० हजार ग्रस गरेका थिए ।

केही निर्माता र निर्देशकले सूचना नपाएका कारण निवेदन दिन नपाएको गुनासो गरेका थिए । आफ्नो फिल्मको ग्रस कलेक्सन सम्मान पाएका केही फिल्मभन्दा बढी रहेको उनीहरूको दाबी छ ।

खबरहबसँग निर्देशक निश्चिल बस्नेतले ‘लुट २’को ग्रस कलेक्सन ९ करोडमाथि रहेको दाबी गरेका छन् । त्यस्तै, निर्माता सुनीलकुमार थापाले ‘ए मेरो हजुर ३’ले ८ करोडमाथि ग्रस कलेक्सन गरेको दाबी गरेका छन् ।

यस्तै गुनासाहरु सम्बोधन गर्न बोर्डले सूचना सार्वजनिक गरेर ती फिल्महरुलाई निवेदन दिन आग्रह गरेको हो ।

ग्रस कलेक्सन बढी भए पनि आफ्नो फिल्म बोर्डले सार्वजनिक गरेको हिटको सूचीमा नपरेको भन्ने निर्माता र निर्देशकको दाबी रहेको समाचार खबरहबले असार २५ गते प्रकाशन समेत गरेको थियो ।

यो पढ्नुहोस् : टिकटदर मूल्यांकनमा चुक्यो विकास बोर्ड, ‘लुट’ सम्मानित नहुनुको कारण यस्तो !

यस्तो छ सूचना :

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ६ : ५८ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका