विकास बोर्डको आग्रह : ‘पशुपति प्रसाद २’भन्दा बढी व्यापार गर्नेले निवेदन दिनू « Khabarhub

विकास बोर्डको आग्रह : ‘पशुपति प्रसाद २’भन्दा बढी व्यापार गर्नेले निवेदन दिनू


१ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डले बितेका २५ वर्षमा प्रदर्शनमा आएर ग्रस कलेक्सन ७ करोड ३२ लाख २० हजार कटाउने फिल्मलाई निवेदन दिन भनेको छ।

बोर्डले शुक्रबार एक सूचना जारी गरी १५ दिनभित्र ग्रस कलेक्सन प्रमाण पुग्ने कागजातसहित निवेदन दिन आग्रह गरेको हो । सूचना अनुसार वि.सं. २०७५ असार गतेदेखि ०८२ जेठ मसान्तासम्म प्रदर्शन आएको फिल्महरुलाई निवेदन दिन सक्नेछन् ।

बोर्डले गत असार १६ गते आफ्नो २५ औं वार्षिक उत्सवमा विगत २५ वर्षमा प्रदर्शनमा आएको सबैभन्दा बढी व्यापार गर्ने २५ फिल्मलाई सम्मान गरेको थियो । उक्त फिल्महरूमा सबैभन्दा कम ‘पशुपति प्रसाद २ : भष्मे डन’ले ७ करोड ३२ लाख २० हजार ग्रस गरेका थिए ।

केही निर्माता र निर्देशकले सूचना नपाएका कारण निवेदन दिन नपाएको गुनासो गरेका थिए । आफ्नो फिल्मको ग्रस कलेक्सन सम्मान पाएका केही फिल्मभन्दा बढी रहेको उनीहरूको दाबी छ ।

खबरहबसँग निर्देशक निश्चिल बस्नेतले ‘लुट २’को ग्रस कलेक्सन ९ करोडमाथि रहेको दाबी गरेका छन् । त्यस्तै, निर्माता सुनीलकुमार थापाले ‘ए मेरो हजुर ३’ले ८ करोडमाथि ग्रस कलेक्सन गरेको दाबी गरेका छन् ।

यस्तै गुनासाहरु सम्बोधन गर्न बोर्डले सूचना सार्वजनिक गरेर ती फिल्महरुलाई निवेदन दिन आग्रह गरेको हो ।

ग्रस कलेक्सन बढी भए पनि आफ्नो फिल्म बोर्डले सार्वजनिक गरेको हिटको सूचीमा नपरेको भन्ने निर्माता र निर्देशकको दाबी रहेको समाचार खबरहबले असार २५ गते प्रकाशन समेत गरेको थियो ।

यो पढ्नुहोस् : टिकटदर मूल्यांकनमा चुक्यो विकास बोर्ड, ‘लुट’ सम्मानित नहुनुको कारण यस्तो !

यस्तो छ सूचना :

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ६ : ५८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको