गगनले प्रधानमन्त्रीलाई भने- सरकारले दिन गनेर समय खेर फाल्ने होइन « Khabarhub

गगनले प्रधानमन्त्रीलाई भने- सरकारले दिन गनेर समय खेर फाल्ने होइन


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारमा बस्ने दिन गनेर समय खेर नफाल्न सुझाव दिएका छन् ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका लागि २०८४ अघिका एक–एक दिन महत्वपूर्ण रहेको बताए । उनले त्यसको सदुपयोग गर्न सक्नुपर्ने पनि बताएका छन् ।

‘२०८४ सालसम्म हामी नेपालको लार्जेस्ट पार्टी छौँ । अहिले हामी सरकारमा छौँ । यो दुई वर्ष खेर फाल्ने सुविधा हामीसँग छैन’, उनले भने, ‘बेलाबेला प्रधानमन्त्रीज्यूले के भनेको सुन्छु भने– अब एक वर्ष म हुन्छु । त्यसपछि कांग्रेसलाई हस्तान्तरण गर्छुु । हिसाब–किताबबारे अब कुरा नगरौँ । सरकार दिन गनेर बस्नलाई हो र ? हामीले हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र ?’

थापाले एक वर्षमा के गर्ने भनेर योजनासहित काम गर्नुपर्ने बताए । कांग्रेस–एमालेको सरकारले सुरुमा लय समाते पनि बीचमा बरालिएको उनले बताए ।

‘सुरुमा हामीले मिहिनेत गर्यौं । दुई पार्टी मिलेर बन्दा गति समातेको थियो । अहिले सरकार बरालिएको छ । अहिले खाली दिन गनेर बसेको जस्तो भएको छ’,  उनले भने, ‘आज आइतबार गयो, सोमबार आयो, सोमबार गयो, मंगलबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन, ढल्दैन भन्यो । यसकै वरिपरि घुमिरहेको छ । यसबाट सरकारलाई बाहिर निकाल्नु पर्छ, नतिजा दिनुपर्छ।’

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ७ : ५५ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो