बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ « Khabarhub

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको एक दिनपछि प्रहरीले बिहीबार २० जनालाई पक्राउ गरेको जनाएको छ ।

पूर्व प्रधानमन्त्री हसीनाको गृहनगर गोपालगञ्जमा उहाँको अवामी लिग पार्टीका सदस्यहरूले नेशनल सिटिजन्स पार्टी (एनसीपी)को -यालीलाई विफल पार्न खोजेपछि बुधबार झडप भएको प्रहरीले बताएको छ ।

झडप भएको क्षेत्रमा इँटा, ढुङ्गा र फुटेका झ्यालका सिसाहरू थुप्रिएका देखिन्थ्यो । कफ्र्यू लागू गर्न जिल्लामा एक हजार ५०० भन्दा बढी प्रहरी, सैनिक र सीमा रक्षक परिचालन गरिएको छ ।

“गोपालगञ्जमा कानूनी व्यवस्थाको स्थिति अहिले सामान्य बनेको छ र शान्तिपूर्ण छ,” प्रहरीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बङ्गलादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानको गृहनगर गोपालगञ्ज हो भने मा उनकी छोरी हसिनाले पनि यस जिल्लाबाट चुनाव लडेकी थिइन् ।

गोपालगञ्ज जिल्ला अस्पतालका निर्देशक जीवितेश विश्वासले बिहीबार झडपपछि चार जनालाई मृत अवस्थामा ल्याइएको बताइन् ।

विश्वासका अनुसार अस्पतालअगाडि पनि गोली चलाइएको थियो र कम्तीमा १८ जना घाइतेलाई पनि ल्याइएको थियो ।

“तीमध्ये तीनजनाको छाती, टाउकोको पछाडिको भाग र खुट्टामा चोट लागेको छ,” उनले भने ।

१८ वर्षीय मिस्त्री रामजन शेखको गोली लागेर मृत्यु भएको उहाँको परिवारका सदस्यले एएफपीलाई बताए ।

रम्जनका काका मोहम्मद कलिम मुंशीले भने, “तिनीहरूले उनको छातीमा कुल्चेका थिए। जब हामी अस्पताल पुग्यौँ, उनको मृत शरीर रगतले लतपतिएको भेट्टायौँ ।”

एएफपीले उक्त दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न सकेन ।बङ्गलादेशी सेनाले ‘अनियन्त्रित भीड’लाई नियन्त्रण गर्न प्रहरीसँगै आफ्ना सैनिकले हस्तक्षेप गरेको बताएको छ ।

“तर, सुरषाकर्मीको हस्तषेपपछि भीड थप आक्रामक भयो, डुङ्गा र इँटासहितका सामान फ्याँकेर सेनालाई आत्मरक्षाका लागि बल प्रयोग गर्न बाध्य बनायो,” विज्ञप्तिमा भनिएको छ ।

नाम नबताउने शर्तमा गोपालगञ्जका २४ वर्षीय एक युवकले भने, “रहमानप्रति कुनै पनि अनादर स्वीकार्ने छैन भन्ने कुरा सत्ताधारी समूहले बुझ्नुपर्छ ।”

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १० : ४५ बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको