दुई करोडमा राधाकृष्ण मन्दिर निर्माण « Khabarhub

दुई करोडमा राधाकृष्ण मन्दिर निर्माण


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन गण्डकी) परियोजनाले बागलुङमा दाताको सहयोगमा राधाकृष्ण मन्दिर निर्माण गरेको छ। बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुदुर्केमा मन्दिर तथा सभाहल निर्माण गरिएको छ।

मन्दिर श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रभु पत्रीदास र महाविष्णु महाराजले उद्घाटन गरे। इस्कोनका सदस्य तथा दानमुठी गर्ने भक्तजनबाट सङ्कलित रकमबाट दुई करोड ५० लाखभन्दा बढी रकम खर्चेर सुविधासम्पन्न सभाहलसहित मन्दिर निर्माण गरिएको हो।

इस्कोन बागलुङका संस्थापक अध्यक्ष परमेश्वर अच्युतदासका अनुसार दानमुठीकै भरमा सयौँ वर्ष पुरानो यहाँको लक्ष्मीनारायण मन्दिर पनि जीर्णोद्धार गरिएको छ। यहाँको लक्ष्मीनारायण गुठीको १७ रोपनी जग्गामा इस्कोन गण्डकीको कृष्णगण्डकी परियोजना सञ्चालनमा छ। परियोजनाको पहिलो चरणमा राधाकृष्ण मन्दिर र सत्सङ्ग हल निर्माण गरेर उद्घाटन गरिएको भए पनि परियोजना सम्पन्न गर्न र ४३ करोडको डिपिआर बनाइएको छ।

तीन वर्षअघि निर्माण भएको डिपिआरअनुसार कृष्णगण्डकी परियोजनामा शालग्राम भगवान्को दर्शन गर्न स्नान गर्ने, अतिथि आवास गृह, सभाहल, मन्दिर र धर्मशाला निर्माण गरिनेछ। कालीगण्डकी र शालग्रामको महत्व बुझाउन गण्डकी स्नानकक्षसहित कालीगण्डकी किनारमै ध्यानस्थल पनि बनाइनेछ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ६ : ०८ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका