स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा मल्लोर्कालाई ३–० गोलले हराउँदै बार्सिलोनाले सहज जित निकालेको हो ।

बार्सिलोनाका लागि राफिन्हा, फेरान टोरेस र लामिन यामलले एक–एक गोल गरेका थिए भने मल्लोर्काले गोल गर्न सकेन ।

बार्सिलोनाका राफिन्हाले खेलको सातौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, २३औँ मिनेटमा फेरानले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको जित दिलाए ।

बार्सिलोनाले पहिलो खेलबाट तीन अंक जोड्दा मल्लोर्का भने पराजित भएको छ । 

गएरातिका खेलमा भ्यालेन्सिया र रियल सोसिडाडले १–१ गोलको बराबरी खेल्दा आलाभेसले लेभान्तेलाई २–१ ले हराएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ८ : ४६ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी