भदौका लागि वाणिज्य बैंकमा मुद्दतीको ब्याजदर घट्यो « Khabarhub

भदौका लागि वाणिज्य बैंकमा मुद्दतीको ब्याजदर घट्यो


१ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजबाट लागू हुनेगरी वाणिज्य बैंकमा मुद्दतीतर्फको औसत ब्याजदर घटेको छ।सातवटा बैंकले व्यक्तिगततर्फ र सातवटाले संस्थागततर्फको ब्याजदर कटौती गरेसँगै वाणिज्य बैंकमा मुद्दतीतर्फको औसत ब्याजदर घट्न पुगेको हो ।

भदौ महिनामा कृषि विकास, एभरेष्ट, कुमारी, नेपाल एसबीआई, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ र सानिमा बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन्।

कृषि विकास, एभरेष्ट, नेपाल एसबीआई, लक्ष्मी सनराइज, स्टान्डर्ड चाटर्ड, सिद्धार्थ र नबिल बैंकले संस्थागत मुद्दतितर्फको ब्याजदर घटाएका छन् ।

साउन महिनामा वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको औसत ब्याजदर ५.७५ र संस्थागततर्फको मुद्दतीमा ४.११ प्रतिशत औसत ब्याजदर रहेकोमा भदौ महिनामा केही विन्दुले घटेर क्रमशः ५.५८ र ३.९६ प्रतिशत कायम भएको छ ।

भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा धेरै एनआईसी एसियाले ६.२५ र सबैभन्दा कम लक्ष्मी सनराईजले ५ प्रतिशत कायम गरेका छन्।

त्यस्तै, संस्थागत मुद्दतीतर्फ सबैभन्दा धेरै ५.२५ र सबैभन्दा कम स्टान्डर्ड चार्टर्डले २.७५ प्रतिशत कायम गरेका छन्।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १० : २९ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल