अर्थमन्त्रीको दाबी- रास्वपा बर्खाको खहरे जस्तै हो, चाँडै सुकेर जान्छ « Khabarhub

अर्थमन्त्रीको दाबी- रास्वपा बर्खाको खहरे जस्तै हो, चाँडै सुकेर जान्छ


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

पाल्पा- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खहरेको बाढी जस्तै भएको टिप्पणी गरेका छन् ।

नेपाल पत्रकार महासंघ पाल्पाद्वारा तानसेनमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको भेल भएको बताएका हुन्।

‘एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ। कमिला हिँड्न थाल्छन्’, उनले भने, ‘रास्वपा पनि अब हराउँदै जानेछ । विरोधमा रमाएर गरिने राजनीति लामो समय टिक्दैन ।’

उनले राजावादीतिर लक्षित गर्दै प्रतिगामी तत्वहरू किनारा लागिसकेका बताए । नेपालमा उनीहरूको भविष्य नरहेको पनि पौडेलले बताए। ‘प्रतिगामी एजेन्डा बोक्ने अब कहिल्यै उठ्नेवाला छैनन्। बेकारमा समय खेर फालिरहेका छन्’, उनले भने ।

एमाले-कांग्रेस देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने पार्टी भएको उनले जिकिर गरे।

‘मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं। यही सरकारले मुलुकको भविष्य बनाउँछ’, उनले भने, ‘अहिलेको सरकार ढल्नेवाला छैन । सरकार ढल्छ भनेर सपना नदेखे हुन्छ ।’

सरकार सहमतिअनुसार नै अगाडि बढेको पौडेलले बताए । सरकारले मिलेर काम गरेको देखेपछि ढल्छ भन्नेहरू पनि अब बोल्न छाडेका मन्त्री पौडेलले बताए।

‘अस्थिरताको खोजी गर्ने दिन गयो । नेकपा माओवादी केन्द्रले मुलुकलाई अस्थिरतामा लैजान खोजेपछि कांग्रेस-एमाले मिलेर रोकेका हौँ’, उनले भने ।

दृष्टिकोण, एजेन्डा र गन्तव्य नभएका पार्टीले अस्थिरता निम्त्याउन खोजिरहेको उनले बताए । पाल्पाको विकासमा सरकारले ध्यान दिएको उनको तर्क थियो । पाल्पालाई प्राथमिकता दिएर सरकारले बजेट विनियोजन गरेको मन्त्री पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १ : ०५ बजे

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ – स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को

हाइटीलाई ४-२ गोलले हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६