केपी ओलीको नेतृत्वमा एमाले एकजुट छ, कुनै गुट छैन : योगेश भट्टराई « Khabarhub

केपी ओलीको नेतृत्वमा एमाले एकजुट छ, कुनै गुट छैन : योगेश भट्टराई


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- नेकपा (एमाले)का सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पार्टीमा अहिले कुनै गुट नरहेको बताएका छन् ।

प्रेस चौतारी ताप्लेजुङले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताए ।

भट्टराईले देशको आवश्यताले एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार बनेकोले आगामी निर्वाचनसम्म यसैले निरन्तरता पाउने बताए ।

‘देशमा विषम परिस्थिति आएकाले गत वर्ष एमालेको नेतृत्वमा सरकार बनेको हो’ भट्टराईले भने ‘सरकारले देशको आर्थिक स्थिति,अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाएको छ । कतिपय कानुन संशोधन गरेको छ । विकासका कामलाई तीव्रता दिएको छ । ’

भट्टराईले संविधान संसोधनको समयमा स्थानीय तहको संख्या घटाएर र वडाको संख्या बढाउनु पर्ने बताए। संविधान संसोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगका संख्या पनि घटाउनु पर्ने उनले बताए ।

वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेको बताए ।

‘हाम्रो नेतृत्वमा सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानीका लागि आह्वान गरेको छ’ भट्टराईले भने ‘ थुप्रै आर्थिक ऐन संसोधन भएका छन् । केही नयाँ बनाइएको छ । विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुनलाई संशोधन गरिएको छ । ’

उनले जिल्लामा चालु रहेका र आउन चाहेका विकासका ठूला परियोजनालाई कतैबाट पनि अवरोध गर्नु नहुने पनि बताएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १ : १७ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा