विदेश सचिव मिस्रीसँग राष्ट्रपतिले भने- भारतबाट नेपालले अझै बढी लाभ लिन चाहन्छ « Khabarhub

विदेश सचिव मिस्रीसँग राष्ट्रपतिले भने- भारतबाट नेपालले अझै बढी लाभ लिन चाहन्छ


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिस्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटवार्ता गरेका छन् ।

उक्त भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिबाट नेपालले लिइरहेको बताए । उनले भारतबाट नेपाल अझै बढी लाभान्वीत हुन चाहेको बताए।

‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ’, उनले भने, ‘एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ लिएको छ, अझै बढी लाभान्वीत हुन चाहन्छ ।

प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलले नेपाल र भारतबीच शताब्दिऔँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, तथा जनस्तरको निकट सम्बन्ध रहेको पनि बताए । ‘हाम्रा दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवम् विश्वासमा आधारित छन्’, उनले भने ।

नेपालले भारतसँगको सम्बन्धलाई सधै उच्च प्रथामिकतामा राख्दै आएको पौडेलले बताए । उनले छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिलो नीति’ को नेपालले सराहना गर्ने पनि बताएका छन् ।

उक्त अवसरमा भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताए ।

विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवम् विकासका लागि कनेक्टिभिटी कसरी बढाउने भन्नेबारे छलफलको अवसर मिल्ने बताए । यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  २ : ४९ बजे

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि