माघ महिनाभित्र काठमाडौं र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्छौँ : सञ्चारमन्त्री | Khabarhub Khabarhub

माघ महिनाभित्र काठमाडौं र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्छौँ : सञ्चारमन्त्री


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्ने बताएका छन् । 

तामाङ पत्रकार संघको ३१ औँ प्रसारण दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामासमेत माघ महिनाभित्र फाइव जी सेवा शुभारम्भ गर्ने उल्लेख भएअनुसार पहिलो चरणमा काठमाडौं उपत्यका र पोखराबाट सो सेवा शुभारम्भ गरिने बताएका हुन् ।

उनले डिजिटल नेपालको कार्यक्रमलाई प्रभावकारी बनाउन देशैभर इन्टरनेटको गुणस्तर वृद्धिका लागि काम भइरहेको जानकारी दिए । गुरुङले हुलाक टिकटदेखि आवश्यक सबै कुराको छपाइका लागि सुरक्षण मुद्रण केन्द्रलाई तयारी अवस्थामा राखिएको जिकिर गरे ।

उनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारप्रति जिम्मेवारभन्दा पनि जनताप्रति जिम्मेवार बनाउन सार्वजनिक सेवा प्रसारण (पिएसबी) को रूपमा सञ्चालन गरिएको धारणा राखे ।

उनले संविधान र कानुनमा कुनै पनि शब्द दोहोरो अर्थ राख्ने उल्लेख भए त्यसको दुरुपयोग हुनेप्रति कानुन बनाउनेहरू सजक हुनुपर्ने बताए ।  

त्यस्तै उनले मिडिया काउन्सिललाई सरकारले स्वायत्त बनाउनेमा ध्यान दिएको समेत बताए । उनले सामाजिक सञ्जाललाई समेत नियमन गर्ने गरी विधेयक आउने जानकारी दिए । कार्यक्रममा मन्त्री गुरुङले दुई जना पत्रकारलाई तामाङ पत्रकार अवार्डबाट सम्मान गरेका थिए  । 

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : २७ बजे

बाल अधिकार प्रवर्द्धनका निम्ति पत्रकारलाई अभिमुखीकरण तालिम

चौतारा– बालबालिकासम्बन्धी लैङ्गिक संवेदनशीलता सिद्धान्त र व्यवहारबारे पत्रकारको क्षमता अभिवृद्धिका

२४ घण्टा सुरक्षित र भरपर्दो  विद्युत् आपूर्ति गर्न प्राधिकरण सक्षम हुनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा र विद्युत्लाई अक्सिजन

आईभीएफ सेवाको शुल्क स्वास्थ्य मन्त्रालयले तोक्ने 

काठमाडौं -विभिन्न अस्पताल तथा आईभीएफ सेन्टरहरूले मनोमानी ढंगले सेवाग्राहीहरूबाट लाखौँ

पाल्पामा सिन्दूर जात्रा निकालियो

तानसेन– नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक

माओवादी अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल