शंकर पोखरेलको जिकिर : पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएर माओवादीले गम्भीर भूल गर्‍यो « Khabarhub

शंकर पोखरेलको जिकिर : पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएर माओवादीले गम्भीर भूल गर्‍यो


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई लोकतन्त्रको मानक स्थापना गर्ने पार्टीको रूपमा व्याख्या गरेका छन् ।

आइतबार कञ्चनपुरमा आयोजित जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काउनु राष्ट्रको सम्मान र लोकतान्त्रिक मूल्यका लागि उचित नहुने स्पष्ट पारे ।

‘राष्ट्रको अभिभावक, सेनाको परमाधिपति जस्ता पदमा पुगेको व्यक्ति सबैका साझा व्यक्ति हुन्छन् । त्यस्तो पद धारण गरिसकेको व्यक्तिले पुनः राजनीति गर्ने कुरा राम्रो सन्देश होइन,’ महासचिव पोखरेलले भने ।

एमालेको यो निर्णय केवल विद्यादेवी भण्डारीका लागि नभई भविष्यका लागि मार्गनिर्देशनस्वरूप गरिएको उनले बताएका छन् ।

महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गम्भीर भूल गरेको बताउँदै त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

उनले एमालेले विधि, अनुशासन र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै अघि बढ्ने स्पष्ट गरे ।

त्यस्तै उनले दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्षको कार्यकाल दुई वर्षमा सीमित गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा निर्णय गरेको बताए ।

पूर्वउपाध्यक्ष डा. भीम रावल पार्टीहित विपरीत कार्यमा संलग्न भएकाले पार्टीबाट बाहिरिनुपर्ने अवस्था आएको पनि उनले बताए ।

उनले एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भइरहेको दाबी गर्दै कार्यकर्तालाई एकताबद्ध भई ‘मिशन ८४’ सफल बनाउन आह्वान गरे ।

‘एमालेविरुद्ध भइरहेको चुनौतीको सशक्त प्रतिवाद गर्दै एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने हाम्रो अभियान हो,’ पोखरेलले भने ।

उनले कांग्रेस–एमाले नजिकिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छटपटिएको टिप्पणी गरे ।

उता रास्वपाले निराशा र पपुलिज्मलाई आधार बनाएर राजनीति गरिरहेको पनि पोखरेलले निष्कर्ष सुनाए । ‘अराजकता र पपुलिज्म दीर्घकालीन हुँदैन,’ पोखरेलले अगाडि भने ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : ४१ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला