गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हब’ बनाउन लक्ष्य « Khabarhub

गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हब’ बनाउन लक्ष्य


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हब’ बनाउने लक्ष्य रहेको बताएका छन्  । 

गोरखा सदरमुकामस्थित गोरखा एनपीआई हस्पिटलको आज उद्घाटन गर्दै उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्षमा कूल बजेटको १० प्रतिशत रकम विनियोजन गरेको जानकारी दिए । 

गण्डकीलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना औँल्याउँदै मुख्यमन्त्री पाण्डेले सोही उद्देश्यका साथ योजनाबद्ध काम भइरहेको उल्लेख गरे । 

‘आफू मुख्यमन्त्री हुँदा प्रदेशभरिका अस्पतालमा १६५ शय्या मात्र रहेकामा अहिले ६५० शय्यामा विस्तार भएका छन्’, उनले भने । स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र निजी क्षेत्रमा लगानीको वातावरण तयार पारेर रोजगारीका प्रशस्त अवसर सिर्जना गर्न सकिने उनले धारणा राखे ।

‘नयाँ अवसर सिर्जना नगरी युवालाई विदेश पठाउनबाट रोक्न सकिँदैन’, मुख्यमन्त्री पाण्डेले भने, ‘स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना हाम्रो अर्को लक्ष्य हो, विशेषज्ञ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अब प्रदेशमा आकर्षक रोजगारीको अवसर सिर्जना गर्नेतर्फ हामी जुटेका छौँ ।’ 

अस्पताल र स्वास्थ्य संस्था विस्तारसँगै निजी क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्ने नीति सरकारले लिएको उनले बताए। 

‘जनताको स्वास्थ्य सेवा सर्वोपरि हो, त्यसमा कुनै कमी हुनुहुँदैन’, मुख्यमन्त्री पाण्डेले भने, ‘गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल बन्न सक्छ, त्यसका लागि स्वास्थ्य पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने जरुरी छ ।’ 

उनले निजी क्षेत्रलाई लगानीका लागि प्रदेश सरकारका कुनै नीति तथा कानुन बाधक भए आवश्यक छलफल गरेर संशोधन गर्न सकिने जानकारी दिए । रासस

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ४ : ३५ बजे

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.काफ्लेले दिए पदबाट राजीनामा 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले पदबाट राजीनामा

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून

काँक्रेविहार– कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार