निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र उद्योगी व्यवसायीले लिन्छन् छुट  « Khabarhub

निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र उद्योगी व्यवसायीले लिन्छन् छुट 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र निजी क्षेत्रका उद्योगी व्यवसायीले छुट लिएर उडान गर्ने गरेका छन् । 

निरन्तर घाटामा सञ्चालन भइरहेको निगमले प्राधिकरणका कर्मचारी र निजी क्षेत्रका उद्योगी व्यवसायीलाई १५ प्रतिशतसम्म छुट दिएर अन्तर्राष्ट्रिय उडान गरेको गराउने गरेको हो ।

निगमद्वारा खबरहबलाई प्राप्त प्रतिवेदनअनुसार निगमले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता नै गरेर प्राधिकरणमा कार्यरत कर्मचारीदेखि तिनको परिवारका सदस्यसम्मलाई अन्तर्राष्ट्रिय टिकटमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको हो ।

‘विद्युत् प्राधिकरणका कर्मचारी तथा निजको परिवार सदस्यहरूलाई निगमले अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशत छुट दिने तथा कार्गो रेटमा कार्गोको प्रकृति र भोलुमको आधारमा ५ देखि १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ’, प्राप्त प्रतिवेदनमा भनिएको छ ।

०७८ पुस १९ गते निगम र प्राधिकरणबीच दुई पक्षीय सम्झौता गरेर सो छुटको व्यवस्था लागू हुँदै आएको निगमले जनाएको छ । 

प्राधिकरणका कर्मचारी तथा विदेश यात्रा गर्दा तथा प्राधिकरणको कार्गो सामान ओसारपसार गर्दा निगमकै विमान प्रयोग गर्ने गरी सो सम्झौता भएको निगमले जनाएको छ ।

निजी क्षेत्रका उद्योगीलाई प्रवर्धन गर्नुपर्ने भन्दै १५ प्रतिशत छुट

निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा निगमको प्रवर्धन गर्नुपर्ने भन्दै निजी क्षेत्रका उद्योगीहरूको चार वटा छाता संगठनका पदाधिकारी, सदस्य, कर्मचारी र तिनका परिवारका सदस्यलाई अन्तर्राष्ट्रिय उडानको टिकटमा १५ छुट दिने गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय व्यावसायिक पहल सहित चार वटा छाता संगठनसँग ०८० असोज १८ गते दुई पक्षीय सम्झौता गरेर सो छुट दिँदै आएको निगमले जनाएको छ ।

तर, निगमले भनेजस्तो निजी क्षेत्रले आयोजना कार्यक्रममा भने निगमको प्रवर्द्धनात्मक विषय समेटिएको पाइँदैन ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : २७ बजे

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित

फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने रघुनाथको घोषणा

काठमाडौं – रङ्ग पत्रकारसमेत रहेका रघुनाथ सापकोटाले दुई फिल्म निर्माणको

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

रामेछाप– रामेछापका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन्

इलामबाट नेम्वाङ र कागते एमालेका उम्मेदवार

मङ्गलबारे– प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन