पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ « Khabarhub

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । 

यसका साथै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिको रूपमा उपस्थित भएको उद्घाटन समारोहमा अटोमोबाइल क्षेत्रका प्रमुख सरोकारवाला, सञ्चारकर्मी र बीवाईडीका प्रशंसकको सहभागिता रहेको थियो ।

कम्पनीका अनुसार बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी/भिजुअल आइडेन्टिटी ( सीआई/भीआई) मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको छ । यसले कुल १२,८४५ वर्ग फिट क्षेत्रमा व्यापक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान गर्दछ, जसले ग्राहकहरूलाई  एकै स्थानमा सबै सेवा प्राप्त गर्ने अनुभव उपलब्ध गराउँछ ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘पोखरा हाम्रो दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार हो । नयाँ शोरूम र प्रिमियम गुणस्तरका उत्पादनहरूको सुरुवात गरेर हामी ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याउँदै छौँ । बीवाईडी सिलायन ७ ले हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने हाम्रो मिशनको प्रतिनिधित्व गर्छ ।’

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ५ : ३९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण