डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले युवा परिचालन गर्ने « Khabarhub

डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले युवा परिचालन गर्ने


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले डेङ्गु जस्ता महामारीजन्य रोग रोकथाम र नियन्त्रण गर्न झण्डै ३०० युवा परिचालन गर्ने तयारी गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा उनीहरूलाई स्वयंसेवकका रूपमा परिचालन गरिने जनाएको छ ।    

महानगरपालिकाका स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार अहिले महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा युवालाई परिचालन गर्न लागेको हो ।

यसअन्तर्गत लामखुट्टेको  लार्भा नष्ट गर्न विशेष जोड दिइनेछ । त्यसका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, खुला स्थानमा राखिएका पानी जम्न सक्ने भाँडा, टायर हटाउने, उद्यान सरसफाइमा विशेष ध्यान दिनेलगायत काम गरिने उनले जानकारी दिए ।  

महानगरपालिकाले सहरी व्यवस्थापन विभागसँग मिलेर अव्यवस्थित रूपमा राखेका सामान हटाउनका लागि पहल गर्ने, पानी जम्ने सम्भावना भएको अवस्थालाई व्यवस्थापन गर्ने तयारी पनि गरेको छ । यससँगै कामपा प्रहरी, विपद् व्यवस्थापन विभाग र नेपाल रेडक्रस सोसाइटी तथा नागरिक सचेतना पनि सञ्चालन गरिने छ । 

वडा कार्यालय, स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्थानीय क्लब, सामुदायिक प्रहरी र स्वास्थ्य स्वयंसेविकाको सहभागितामा यो अभियान सञ्चालन हुनेछ । 

त्यसैगरी महानगरपालिकाले हैजा रोग नियन्त्रण गर्न खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न प्लास्टिक र्‍याप, स्टिकर र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरेको छ । रासस

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ६ : ४४ बजे

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा