सामान्य प्रशासनमन्त्री न्यौपानेको एक महिना : कर्मचारी सरुवासम्बन्धी मापदण्डको अन्तिम मस्यौदा तयार « Khabarhub

सामान्य प्रशासनमन्त्री न्यौपानेको एक महिना : कर्मचारी सरुवासम्बन्धी मापदण्डको अन्तिम मस्यौदा तयार


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवासम्बन्धी मापदण्डको अन्तिम मस्यौदा तयार भइसकेको जानकारी दिएकी छन् ।  

आफूले मन्त्रालयको कार्यभार सम्हालेको एक महिनामा भएका कार्यसम्पादनका बारेमा जानकारी दिन आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री न्यौपानेले कर्मचारी सरुवासम्बन्धी मापदण्डका बारेमा धेरै चरणमा छलफल गरी अन्तिम मस्यौदा तयार पारिएको जानकारी दिइन् ।

उनले संघीय निजामती ऐन जारी भएपछि सरुवा मापदण्डमा ऐनसँगै सामञ्जस्य हुनेगरि आवश्यक सुधार सहित स्वीकृत गरी कार्यान्वयनमा ल्याइने बताइन् ।

कर्मचारी सरुवाका लागि मन्त्रालयमा धेरै भिड हुने गरेको भन्दै उनले अव मापदण्डका आधारमा कर्मचारीको सरुवा हुने स्पष्ट पारिन् । 

उनले संगठन तथा व्यवस्थापन राष्ट्रिय मापदण्ड तर्जुमाका लागि कार्यदल समेत गठन गरिएको उल्लेख गरिन् ।

त्यस्तै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्थालाई समेत सुधार गर्न खोजिएको उनले बताइन् ।

त्यस्तै मन्त्री न्यौपानेले राष्ट्रिय किताबखानाको प्रणाली सुदृढीकरण गर्दै नागरिक एपमा अन्तरआवद्धता गरिएको, संघीय मामिला प्रशिक्षण प्रतिष्ठानको स्थापनाका लागि आवश्यक कानुनको  प्रारम्भिक मस्यौदा तयार गरिएको पनि जानकारी दिइन्। 

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : ०९ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न