माधव र झलनाथपछि एकीकृत समाजवादीको युवासंघमा भाँडभैलो, बन्यो समानान्तर कमिटी « Khabarhub

माधव र झलनाथपछि एकीकृत समाजवादीको युवासंघमा भाँडभैलो, बन्यो समानान्तर कमिटी


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको विवाद सेलाउन नपाउँदै युवा संघभित्र भाँडभैलो भएको छ ।

युवा संघ नेपालका इन्चार्ज लक्ष्मण केसीले जारी गरेको सर्कुलरमा आपत्ति जनाएको इतर समूहले आइतबार समानान्तर कमिटी नै बनाएका छन् ।

युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको भन्दै गत साउन २८ मा सर्कुलर जारी भएयता चर्किएको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको हो।

आइतबार असन्तुष्ट समूहले संघका पदाधिकारी र केन्द्रीय कार्यालय कमिटीको बैठक राखेर सन्दीप राईको नेतृत्वमा नवौँ महाधिवेशन आयोजक कमिटी बनाएको हो ।

कमिटीमा देशभरका २२१ जना नेताहरूलाई समेटिएको छ। समानान्तर आयोज कमिटीका अध्यक्ष राईले पार्टीले ०८१ माघ १४ गते जारी गरेको आपानि ४ बमोजिम संगठनको तत्कालीन नेतृत्व र पदाधिकारी पार्टीको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य भइसकेकाले युवा संघबाट बिदा गरी इन्चार्ज लक्ष्मण केसीलाई युवा संघको सम्मेलन लगायत कामको योजना बनाई अगाडी बढाउन निर्देशन गरेको उनले स्मरण गराएका छन् ।

‘तर ईन्चार्ज कमरेडले मनोमानी ढङ्‌गबाट युवासंघ नेपालको विधान र युवा आन्दोलनको भावना माथि प्रहार गर्नुभयो’, उनले भनेका छन्, ‘अवैधानिक र अराजनीतिक तवरले नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरियो। जसका कारण दक्षिणपन्थी अवसरवादकाविरुद्ध विद्रोहको नेतृत्व गरेका युवा संघ नेपालका पदाधिकारी र स्थायी कमिटी सदस्यले यो निर्णय लिनपुरेको छ ।

यसअघि साउन २८ मा जारी आयोजक कमिटी गठनको सर्कुलरप्रति संघका सहसंयोजक राईले आपत्ति जनाएका थिए । उनले त्यही बेला नै कथित महाधिवेशन आयोजक कमिटीको भ्रममा नपर्न भनेका थिए।

आयोजक कमिटीको अध्यक्ष बनेका राई पूर्वप्रधानमन्त्री खनाल र महासचिव घनश्याम भुसालनिकट हुन् । युवासंघका इन्चार्ज केसी अध्यक्ष नेपालनिकट हुन् । युवा संघमा पनि विवाद सल्किएपछि समाजवादीमा अझै भाँडभैलो बढ्ने चिन्ता देखिएको छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : १५ बजे

इरानलाई गलाउन सामुद्रिक नाकाबन्दी लम्ब्याउने ट्रम्पको नयाँ रणनीति

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः वार्ताको टेबलमा

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित

मुम्बई- हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई

पाउण्ड २०५ पुग्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा

काठमाडौँ – मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा भएको