समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छः माधव नेपाल « Khabarhub

समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छः माधव नेपाल


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने बताएका छन् ।

पार्टी निकट अखिल नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित प्रशिक्षण तथा तीज विशेष कार्यक्रममा उहाँले समाजमा सबै प्रकारका विभेदको अन्त्य गरी समानता, न्याय, मानव अधिकार, समानुपातिक, समावेशी प्रतिनिधित्वका माध्यमबाट समाजवादउन्मुख अर्थतन्त्र विकास गर्न सकिने बताए ।

अध्यक्ष नेपालले संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित हालको प्रणालीले महिला वर्गको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व बढिरहेको तथा शिक्षा, स्वास्थ्य, उद्यमशीलताले सम्पत्तिमाथिको स्वामित्वमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरे ।

उनले महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा विभिन्न प्रयास भएको र सामाजिक सशक्तीकरणको पर्वका रूपमा तीजलाई सद्भावका रूपमा मनाउनुपर्ने बताए ।

महिला सङ्घका इन्चार्ज एवं पार्टी उपाध्यक्ष जयन्ती राईले तीज पर्वको मौलिक विशेषता संरक्षण, सांस्कृतिक पक्षको प्रवर्द्धन गर्दै विकृतिलाई हटाउनुपर्ने उल्लेख गरे।

त्यसका लागि महिलाहरू सचेत भएर राम्रा पक्षलाई अनुसरण गर्नुपर्नेमा उनले जोड दिए । त्यस अवसरमा नाचगानसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ८ : ३५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी