दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता « Khabarhub

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन, २०७६ को प्रभावकारी कार्यान्वयनमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । गोलबजार नगरपालिकाद्वारा आज यहाँ आयोजित ‘स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समितिको गठन र कार्यान्वयनको अवस्था’ विषयक कार्यक्रममा सहभागी १७ वटै पालिका प्रमुखले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवालले जातीय आधारमा गरिने विभेदलाई अन्त्यका लागि ऐन कार्यान्वयनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले भने, “देश गणतन्त्रमा प्रवेश गरेपछि दलित तथा सीमान्तकृत समुदायले धेरै अधिकार त पाएका छन्, तर त्यो पर्याप्त छैन । हामी आफैँले बनाएका ऐन र कानुनहरू प्रभावकारी कार्यान्वयन गर्न सकेका छैनौँ ।”

मन्त्री जयसवालले ऐन कार्यान्वयन सुस्त भएको स्वीकार्दै प्रदेश सरकार अनुगमन समिति गठन र कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले आफ्नो पालिकामा जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन भइसकेको जानकारी दिँदै भने, “समाजमा कुनै प्रकारको विभेद हुनु भनेको त्यो समाज पछाडि परेको सङ्केत हो । हाम्रो पालिकामा एन कार्यान्वयनका साथै दलितलक्षित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।”

सिरहा नगरपालिका नगरप्रमुख डा नवीनकुमार यादवले विभेदजन्य शब्द र व्यवहार हटाउन कानुनी कठोरता आवश्यक रहेको धारणा राख्नुभयो । गोलबजार नगरप्रमुख श्यामकुमार श्रेष्ठले विभिन्न सङ्घसंस्थासँग समन्वय गरी दलित समुदायलक्षित कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिए ।

सिरहाका १५ पालिकामा समिति

नेपाल सरकारका पूर्वसचिव डा मानबहादुर विश्वकर्माले राज्यका विभिन्न निकायमा दलित समुदायको प्रतिनिधित्व र ऐन कार्यान्वयनको अवस्थाबारे वृत्तचित्रसहित प्रस्तुतीकरण गरेका थिए । उनको प्रस्तुतिले ऐन कार्यान्वयनको वर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षलाई उजागर गरेको थियो ।

दलित महिला केन्द्र नेपालकी अध्यक्ष लक्ष्मी परियारले ऐनको सुरुआत मधेस प्रदेशबाट भएको उल्लेख गर्दै हाल सातवटै प्रदेशले यस्ता ऐन निर्माण गरिसकेको जानकारी दिए । “मधेस प्रदेशका जम्मा १३६ पालिकामध्ये ४० देखि ४५ वटा पालिकामा अनुगमन समिति गठन भइसकेको छ । तीमध्ये सिरहाका १७ मध्ये १५ पालिकामा समिति गठन भइसकेकामा खुसी लागेको छ”, उनले भने।

दलित सशक्तीकरण ऐनको कानुनी संरचना

दलित समुदायमाथि हुने विभेद, छुवाछूत अन्त्य गर्न र शैक्षिक, सामाजिक, आर्थिक रूपमा सबल बनाउन भनेर मधेश प्रदेश सरकारले दलित सशक्तीकरण ऐन-२०७६ पारित गरेको थियो । जसमा प्रदेश सरकार र स्थानीय सरकारमा विभिन्न चारवटा समिति रहने परिकल्पना गरिएको छ ।

मुख्यमन्त्रीको अध्यक्षतामा जातीय विभेद तथा छुवाछूत अनुगमन समिति, सामाजिक विकासमन्त्रीको अध्यक्षतामा दलित विकास समिति, प्रदेश प्रहरीअन्तर्गत एक जातीय विभेद तथा छुवाछूत नियन्त्रण इकाइ र प्रत्येक पालिकामा पालिका प्रमुखले दलित सदस्यबाट तोकेको व्यक्तिको संयोजकत्वमा जातीय विभेद तथा छुवाछूत अनुगमन समिति रहने व्यवस्था ऐनमा गरिएको छ ।

यसबाहेक जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनाको अनुगमन, पीडितसँग प्रत्यक्ष भेटघाट, दोषीमाथि कारबाही सिफारिस, सामाजिक सुरक्षा तथा क्षतिपूर्ति दिनेजस्ता महत्वपूर्ण अधिकार समिति र इकाइहरूलाई हुने ऐनमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ९ : ४० बजे

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी

कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख