तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु « Khabarhub

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सुरु गरेको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए ।

उनका अनुसार विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टबाट क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई उपचारका लागि सिफारिस गर्ने र तत्काल नगरी नहुने कामलाई सुरुवात गरिएको हो ।

आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उपमहानगरपालिकाको दुईवटै भवन सरसफाइ गरिएको छ । भवनको प्राविधिकबाट परीक्षण भइरहेकाले अहिले नै बस्न मिल्ने नगरप्रमुख खड्काले बताए ।

नगरप्रमुख खड्काले भने, ‘यदि प्राविधिक मूल्याङ्कनले बस्न मिल्ने भन्ने भएमा भवन मर्मत गर्नतर्फ लाग्ने छौँ ।’ पालिकाले निर्माण गरेको अर्को नौतले व्यापारिक भवनका भने सिसा मात्र फुटेको छ । तर सो भवन ठेकेदारले पालिकालाई अझै हस्तान्तरण नगरेको नगरप्रमुख खड्काले बताए । सम्झौताभन्दा पाँच महिना पहिले नै त्यो भवन निर्माण पूरा भएकाले सोहीअनुसार ‘बोनस’ पुरस्कार ठेकेदारले दाबी गरेको भन्दै त्यो दिनासाथ भवन हस्तान्तरण हुने प्रमुख खड्काको भनाइ छ ।

भवन हस्तारण भए लगत्तै त्यहाँबाट अस्थायी रुपमा कार्यालयको सेवा दिन सकिने प्रमुख खड्काको भनाइ छ । पालिकाका एउटा नयाँ भवन र अर्को पुरानो भवन गरी दुईवटै जलेर नष्ट छन् । व्यापारी भवनको लागि निर्माण गरिएको नौ तहले भवनका सिसा तथा शौचालय तोडफोड गरिएको छ ।

उपमहानगरपालिकाका दमकलसहित २० वटाभन्दा बढि सवारीसाधन जलेर नष्ट छन् । फिल्डमा गएका केही सवारीसाधनबाहेक सबै सवारी जलेर नष्ट भएका हुन् । (रासस)

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ८ : १३ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण