एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी « Khabarhub

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको छ।

मंगलबार राति यूएईमा टस जितेर बंगलादेशले सुरुमा ब्याटिङ गरेको थियो। सुरुमा ब्याटिङ गरेको बंगलादेशले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १५४ रन बनाएको थियो।

१५५ रनको चुनौती पछ्याएको अफगानिस्तानले पूरै २० ओभर खेल्दै सबै विकेट गुमाएर १४६ रन मात्र बनाएको हो। सुरुमा ब्याटिङ गरेको बंगलादेशका लागि तन्जीव हसनले अर्धशतक बनाए। ३१ बलको सामना गरेका उनले तीन छक्का र चार चौकाको मद्दतमा ५२ रन बनाएका हुन्। अफगानिस्तानका लागि रासिद खान र नोह अहमदले दुईदुई विकेट हात पारे।

१५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाउँदा अज्मतुल्लाह ओमारजाईले ३० रन जोडे। अन्तिम समयमा कप्तान रासिद खानले उत्कृष्ट ब्याटिङ गर्दै ११ बलमा २० रन जोडे पनि जितका लागि त्यो पर्याप्त भएन।

अफगानिस्तानलाई रोक्न बंगलादेशका लागि मुस्ताफिजुर रहमानले तीन विकेट हात पार्दा तस्किन अहमद र
रसिद हुसेनले दुईदुई विकेट हात पारे।

यो जितसँगै बंगलादेशले चार अंक जोडेको छ भने अफगानिस्तान दुई अंकसहित तेस्रो स्थानमा झरेको छ। दोस्रो चरण प्रवेशका लागि अफगानिस्तानले अर्को खेलमा श्रीलंकामाथि जित निकाल्नुपर्ने दबाब छ।

दुई समूहमा बाँडिएको प्रतियोगितामा आठ टिम सहभागी छन् । समूह ‘ए’को भारत सुपर फोमा पुगिसकेको छ । भारत भारत चार अंकसहित शीर्ष स्थानमा छ भने पाकिस्तान दुई अंकसहित दोस्रो स्थानमा छ । यूएईले दुई अंक जोडेको छ भने दुई खेल खेलेको ओमान अंकबिहीन छ ।
समूह ‘बी’मा श्रीलंका र बंगलादेशले चारचार अंक जोडेका छन् भने अफगानिस्तानको दुई अंक छ । अंकबिहीन हङकङ भने प्रतियोगिताबाट बाहिरिनेछ । समूह ‘बी’को अन्तिम खेलमा श्रीलंका र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यो खेलको नतिजापछि मात्र सुपर फोमा पुग्ने टिमको टुंगो लाग्नेछ ।

एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ६ : ३४ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील